जानकी मन्दिरमा तोडफोडमा संलग्न पक्राउ

इनेप्लिज २०७२ पुष ९ गते १४:२९ मा प्रकाशित

pakraauमहेन्द्रनगर (धनुषा), ९ पुस । विवाहपञ्चमी महोत्सवको दिन जानकी मन्दिरमा तोडफोड गरेको आरोपमा आज एक जनालाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा जनकपुर उपमहानगरपालिका–४ की शिला देवी रहेको प्रहरीले जनाएको छ । महोत्सवका अवसरमा जानकी मन्दिरमा पूजा अर्चनाका लागि आउनुभएका राष्ट्रपति विद्यादेवी भण्डारी पूजा गरी फिर्ता भएपछि मन्दिरमा दर्शनका लागि जाने भक्तजनमध्येबाट केही व्यक्तिले मन्दिरको मुख्य मूर्ति रहेको गर्भगृहको ढोका, काठको रेलिङ र फलामको बारमा लातले हिर्काई तोडफोड गरेका थिए ।

घटनामा शिला देवी मुख्य नाइके भएर मुख्य मन्दिरमा प्रवेश गरी तोडफोड गरेको दृख्य विभिन्न पत्रपत्रिका, सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा प्रकाशन भएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । घटनामा संलग्न अन्य व्यक्तिको खोजी एवम् पहिचान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया