कृषि चुन वितरण

इनेप्लिज २०७२ पुष ९ गते १३:२१ मा प्रकाशित

utpadansil_mato-finalकाँकडभिट्टा (झापा), ९ पुस । झापाको शिवसताक्षी नगरपालिकामा रासायनिक मल प्रयोगका कारण माटोको उर्वराशक्ति घटेको भन्दै किसानलाई ४२० बोरा कृषि चुन दिइएको छ ।

नगरपालिकामा सञ्चालित सन्देश मूल कृषक समूहमा आवद्ध कृषकलाई जिल्ला कृषि विकास कार्यालयको सहयोगमा चुन वितरण गरिएको हो । चुन ढुवानीका लागि माटो व्यवस्थापन निर्देशनालय, हरिहर भवन काठमाडौँले पनि सहयोग गरेको थियो ।

कृषि चुनले माटोको उर्वराशक्ति बढ्ने हुँदा जिल्लामै कृषिका लागि उर्वर मानिने शिवसताक्षीमा प्रतिकिसान रु २५० लिएर सन्देश समूहले चुन वितरण गरेको हो । जिल्ला कृषि विकास कार्यालय तथा कृषक समूहको पहलमा थप ५० टन कृषि चुनको माग गरिएको कार्यालयका प्रमुख मेघराज तिम्सिनाले बताउनुभयो ।

चुन काठमाडौँ, चितवन र हेडौँटाबाट खरिद गरी ल्याइने गरिएको छ ।

प्रतिक्रिया