आगलागीबाट दश लाखको क्षति

इनेप्लिज २०७२ पुष ९ गते १३:१२ मा प्रकाशित

aaglagiसुरुङ्गा (झापा), ९ पुस । मोटरबाट पानी तान्ने क्रममा विद्युत् सट भएर आगलागी हुँदा झापाको शनिअर्जुन नगरपालिका–२ निवासी डिकबहादुर थापाको घर जलेर पूर्णरुपमा नष्ट भएको छ ।

आज बिहान घरमा मोटर चलाउँदा विद्युत् सट भई आगलागी हुँदा घर पूर्णरुपमा जलेर नष्ट हुनुका साथै रु दश लाख मूल्य बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायब उपरीक्षक खड्गवहादुर खत्रीले जानकारी दिनुभयो ।

आगो विर्तामोड नगरपालिकाको वारुणयन्त्र, स्थानीयवासी र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएका कारण मानवीय क्षति भने हुन नपाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया