टुवाखोलामा निर्माण गरिएको पुल सञ्चालनमा

इनेप्लिज २०७२ पुष ९ गते १:४१ मा प्रकाशित

खोटाङ, ९ पुस । महुरे–फोक्सिङ्टार सडकखण्डमा पर्ने टुवाखोलामा निर्माण गरिएको मोटर जाने पुल सञ्चालनमा आएको छ । बतासे र लिच्कीराम्चे गाविसको बीचमा पर्ने टुवाखोलामा निर्माण गरिएको पुल हालै सञ्चालनमा आएको हो ।

रसुवा कन्स्ट्रक्सन कम्पनी प्रालिले निर्माणको जिम्मा लिएको पुल सञ्चालनमा आएपछि जिल्लाबाट तराईसँगको सिधा यातायात सेवा सुरु भएको छ । करिब रु छ करोड १० लाखको लागतमा उक्त पुल निर्माण गरिएको हो ।

उक्त पुल निर्माणका लागि २०७० चैत १३ गते सम्झौता भएको थियो । स्विस सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण गरिएको हो ।

तराईसँगको सबैभन्दा छोटो रुट पर्ने महुरे–फोक्सिङटार सडकखण्डमा पुल सञ्चालनमा आएपछि सामान ढुवानीमा सहज भएको उद्योग वाणिज्य सङ्घ खोटाङका अध्यक्ष राजेन्द्र लयालुले बताउनुभयो ।

प्रतिक्रिया