शिशु साक्षरमा ‘जुनकिरी’को विमोचन

इनेप्लिज २०७२ पुष ९ गते १:३५ मा प्रकाशित

काँकडभिट्टा (झापा), ९ पुस । झापाको मेचीनगर–१ खयरडाँगीस्थित शिशु साक्षर निमाविका विद्यार्थीले ‘जुनकिरी’ नामक भित्ते पत्रिकाको प्रकाशन सुरु गरेका छन् ।

कक्षा ७ सम्म पढाइ हुने सो विद्यालयमा अध्ययन गर्ने अधिकांश बालबालिका गरिब, आदिवासी तथा अल्पसङ्ख्यक समुदायका छन् ।

विद्यालयमा गठित शिशु साक्षर बाल क्लबले मासिक भित्ते पत्रिकाको प्रकाशन गरेको हो । पत्रिकाको पहिलो अङ्कमा विद्यार्थीका रचना समेटिएका छन् ।

नेपाल पत्रकार महासङ्घका निवर्तमान केन्द्रीय सदस्य मोहनकाजीले पत्रिकाको बुधबार एक कार्यक्रमबीच विमोचन गर्नुभयो ।

कक्षा ७ की चाँदनी खातुन प्रधान सम्पादक रहेको पत्रिकाको संरक्षकमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विपी भट्टराई हुनुहुन्छ ।

विद्यार्थीको प्रतिभालाई रचनात्मक गतिविधिमा अघि बढाउन आफूहरूले भित्ते पत्रिका प्रकाशनको बाटो रोजेको बताइएको छ ।

प्रतिक्रिया