चेन्नई ,भारतका बाढी  पिडितहरुलाई एनआरएनए नाइजेरियाको सहयोग

इनेप्लिज २०७२ पुष ८ गते १७:५० मा प्रकाशित

ead3c36c-9fd8-4229-a7e9-a22f279098b1

लेगोस ,नाइजेरिया |

एनआरएनए नाइजेरियाले भारतको चेन्नईमा हालैको बाढी बाट पिडितहरुका लागि लेगोस स्थित तमिल एसोसियसन नाइजेरिया मार्फत नाइजेरियन नैरा एक लाख सहयोग गरेको छ | उक्त सहयोग रकम नाइजेरिया स्थित एनआरएन सदस्यहरु बाट सहयोग स्वरुप जम्मा गरिएको हो | संघका नाइजेरिया अधक्ष्य दिपक कर्णका अनुसार छिमेकी मुलुकमा परेको अप्ठ्यारोमा सानै भए पनि सहयोग गर्न पाइएकोमा खुशी लागेको बताउनु भयो |

संघका अन्तराष्ट्रिय समितिका कोषाध्यक्ष हिक्मत थापाले गएको भुकम्पको बिपतमा यहाँ स्थित भारतीय समुदायहरुले एनआरएनएको राहत संकलन अभियानमा दिएको साथ् स्मरणीय रहेको भन्दै हामीले पनि तमिल समाजमार्फत सानो सहयोग पठाई दुखमा साथ रहेको संदेश दिएका छौ भन्नु भयो |

प्रतिक्रिया