सिरहामा गाँजाखेती फस्टायो

इनेप्लिज २०७२ पुष ८ गते ६:५३ मा प्रकाशित

gaajaलहान, ८ पुस । सिरहा जिल्लाको ग्रामीण क्षेत्रमा लागुऔषध गाँजाखेती फस्टाएको छ । लामो समयदेखि जारी आमहडतालका कारण प्रहरी राजमार्गमा बढी केन्द्रित हुने गरेकाले ग्रामीण क्षेत्रमा गाँजाखेती फस्टाएको हो ।

सिरहाको बडहारामाल, कर्जन्हा, कल्याणपुर कालाबन्जर, राघोपुर, महेशपुर पतारी, फुलबरिया, असनपुर, गोलबजार नगरपालिका, तेतरीया, चन्द्रलालपुर, कसहा, मुक्सार, गोविन्दपुर, ढोढना, सोनामती मझौरा, हरिपुरलगायतका स्थानमा लागुऔषध गाँजाखेती भइरहेको स्थानीयवासीले बताएका छन् । अघिल्लो वर्ष मात्र सिरहामा प्रहरीले एक सय बिघाभन्दा बढी जग्गामा लगाइएको गाँजा फँडानी गरेको थियो ।

आमहडताल र मधेस आन्दोलनका कारण प्रहरी राजमार्ग र सहर केन्द्रित भएकाले जिल्लामा गाँजाखेती फँडानीतर्फ ध्यान दिन नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सिरहामा उत्पादित गाँजा विभिन्न नदीका बाटो र चोर बाटो भई भारतीय बजारमा निकासी हुँदै आएका छन् ।

प्रतिक्रिया