धादिङ, ८ पुस । सूचना सञ्चार प्रविधि मन्त्रालय सूचना विभागद्वारा धादिङका ७८ जना पत्रकारलाई प्रेस प्रतिनिधि परिचयपत्र वितरण गरिएको छ ।
चितवन र धादिङका लागि सूचना विभागबाट आएका घुम्ती शिविरले नेपाल पत्रकार महासङ्घ धादिङका अध्यक्ष नवराज छत्कुलीसहित ७८ जनालाई परिचयपत्र प्रदान गरेको हो ।
अध्यक्ष छत्कुलीको अध्यक्षतामा हिजो यहाँ आयोजित परिचयपत्र वितरण कार्यक्रममा सूचना विभागका उपसचिव विष्णुभक्त रञ्जित र शाखा अधिकृत मिठाराम हुमागाईंले विभागबाट प्रदान गरिएको परिचयपत्रको महत्वमाथि प्रकाश पार्दै यसको दुरुपयोग नगर्न पत्रकारसँग आग्रह पनि गर्नुभयो ।
प्रतिक्रिया