पाँच चेलीको उद्धार

इनेप्लिज २०७२ पुष ७ गते ४:३७ मा प्रकाशित

cheliरत्ननगर (चितवन), ७ पुस । चितवनको नारायणगढबाट पाँच चेलीको उद्धार गरिएको छ ।

काठमाडौँबाट चितवन हुँदै महेन्द्रनगरतर्फ लैजान लागेका बेला सोमबार नारायणगढबाट पाँच चेलीलाई वडा प्रहरी कार्यालय नारायणगढको सक्रियतामा उद्धार गरिएको हो । शङ्कास्पद देखिएकाले उनीहरुलाई उद्धार गरिएकोे चितवनका प्रहरी नायब उपरीक्षक राजन अधिकारीले जानकारी दिनुभयो ।

उद्धार गरिएकामा इटहरी घर भएकी टीकामायाँ राई, सिन्धुपाल्चोककी मायाँ तामाङ, डोल्मा लामा, फुर्साङ लामा र ल्याङलामु तामाङ रहेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई लिएर आएका सिन्धुपाल्चोककी मुना सिलवाल र नमिता भण्डारीलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

काठमाडौँबाट चितवनमा ल्याएका उनीहरुलाई भारत हुँदै श्रीलङ्का लैजान लागेको खुलेको छ । नारायणगढबाट महेन्द्र नगरको बसका लागि टिकट लिने क्रममा प्रहरीले उनीहरुलाई उद्धार गरिएको हो ।

उद्धार गरिएकालाई आज बयान सकिएपछि महिलासम्बन्धी काम गर्ने सङ्घसंस्थाको जिम्मा लगाइने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया