भूकम्पबाट पीडित बनेका सैनिकलाई करिब चार करोड वितरण

इनेप्लिज २०७२ पुष ७ गते ४:१२ मा प्रकाशित

दमौली, ७ पुस । तनहुँको व्यास नगरपालिका–८ स्थित रामवाण गुल्मले पहिलो चरणअन्तर्गत भूकम्पबाट पीडित भएका बहालवाला र भूपू सैनिकका लागि रु तीन करोड ९६ लाख ७५ हजार राहत रकम वितरण गरेको छ ।

तनहुँ जिल्लाभित्रका पूर्ण र आंशिक रुपमा घर क्षति भएका एक हजार ३३६ जना सैनिकलाई उक्त राहत रकम वितरण गरिएको हो ।

सैनिक कल्याणकारी योजना निर्देशनालय सैनिक जङ्गीअड्डाबाट उपलब्ध भएको उक्त राहत रकम ती सैनिकलाई वितरण गरिएको गुल्मपति दुर्गाबहादुर थापाले बताउनुभयो ।

भूकम्पले घर पूर्णरुपमा क्षतिग्रस्त भएकालाई रु ५० हजार र आंशिक रुपमा घर क्षति ग्रस्त भएका सैनिकलाई रु २५ हजारका दरले राहत रकम बाँडिएको हो ।

दोस्रो चरणअन्तर्गत समेत पूर्णरुपमा घर क्षतिग्रस्त भएका ५७ जना र आंशिक रुपमा क्षति भएका १६५ जना सैनिकलाई रु ७१ लाख २५ हजार राहत रकम वितरण गरिसकेको जानकारी गुल्मका लेखा प्रमुख प्रेम पाण्डेले दिनुभयो ।

प्रतिक्रिया