विद्यालय भवन निर्माणका लागि विदेशीको आर्थिक सहयोग

इनेप्लिज २०७२ पुष ५ गते ३:३१ मा प्रकाशित

रामपुर (पाल्पा), ५ पुस । नेपाललाई कर्मथलो बनाएर सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउँदै आउनुभएका जापानिज समाजसेवी काजुमासा काकिमी ओकेबाजेले विद्यालयको नयाँ भवन निर्माणका लागि जग्गा खरिद गर्न आर्थिक सहयोग गर्नुभएको छ ।

बाकामलाङमा रहेको सरस्वती प्राथमिक विद्यालयको नयाँ भवन निर्माणका लागि जग्गा खरिद गर्न रु एक लाख रकम सहयोग गर्नुभएको हो । भूकम्पका कारण विद्यालयको भवनमा पठनपाठन गर्न समस्या परेको छ ।
जग्गा किनेर विद्यालयको आफ्नै नाममा लालपुर्जा भएपछि पुनः भवन निर्माणका लागि केही रकम आफूले सहयोग गर्ने समाजसेवी ओकेबाजेले बताउनुभयो ।

विद्यालयको पुरानो भवनमा हाल पठनपाठन भइरहे पनि भूकम्पका कारण कक्षाकोठामा सहज गरी पढाउने वातारण नभएपछि अभिभावकले ओकेबाजेसँग सहयोगको अपेक्षा राखेपछि आर्थिक रकम प्राप्त भएको स्थानीय प्रधानाध्यापक लालबहादुर पुलामीले बताउनुभयो ।

प्रतिक्रिया