जनसम्पर्क समिति बेलायतको कार्यक्रममा सुनसरी तरुण दलका सभापति सिजन गुरुङ सरिक हुने

इनेप्लिज २०७२ मंसिर २९ गते २३:५४ मा प्रकाशित

Congress-flag

लन्डन ३० मंसिर । नेपाली जनसम्पर्क समिति, बेलायतले आगामी ३ जनवरी आइतवार अल्डरशटस्थित नेपाली रेस्टुरेन्ट भेटघाटमा आयोजना गर्न लागेको राष्ट्रिय मेलमिलाप दिवस कार्यक्रमलाई सफल पार्न सुनसरी तरुण दलका सभापति गुरुङ लण्डन आईपुगेको समितिका महामन्त्री राजकुमार त्रिवाठीले जानकारी गराएका छन् ।

समितिका महामन्त्री त्रिवाठीको संयोजकत्वमा नेपाली काँग्रेसका केन्द्रीय नेता तथा सांसद डा प्रकाश सरण महत,सुनसरी तरुण दलका सभापति सिजन गुरुङ साथै युरोप आठ राज्यका जनसम्पर्क समिति युरोपका सभापति दिल गुरुङ, जनसम्पर्क समिति बेल्जियमका पूर्व सभापति एवं एनआरएनए बेल्जियम अध्यक्ष गंगाधर गौतम, नेपाली जनसम्पर्क समिति बेल्जियमका सभापति सन्तोष जोशी,महिला नेत्री सिता सापकोटा, एनआरएनए पोर्चुगल र जनसम्पर्क समिति, पोर्चुगलका संस्थापक सभापति पूर्ण हमाल, नेपाली जनसम्पर्क समिति सभापति लक्ष्मी सापकोटा,जनसम्पर्क समिति स्पेनका सभापति शालिकराम डुम्रे, डेनमार्कबाट सोम सापकोटा,नेदरल्याडबाट जनसम्पर्क समिति सभापति नारायण आर्चय,जर्मनीबाट विजय मुक्तान,सुजरल्याडबाट अनिल महतो, जनसम्पर्क समिति एवं 
युरोपका नेता पुष्पराज भण्डारीले उक्त कार्यक्रममा उपस्थिती राख्ने समितीका प्रबक्ता  केसीले जानकारी गराउदै उनले भने यस कार्यक्रमले संसारभरिको जनसम्पर्क समितिलाई एकीकृत गदै एउटै मालामा गास्ने उदेश्य रहेको बताए ।

संयोजक त्रिपाठीका अनुशार नेपाली काँग्रेस पार्टिलाई आउदो १३ औ महाधिवेशनमा युरोपबाट एक केन्द्रिय सदस्य समाबेश गर्न भेलाले नेपाली कांगे्रस समक्ष माग गर्दै आगमी १३ औ महाधिवेशनको लागी नेपालमा कार्य पत्र युरोपको तर्फबाट सयुक्त रुपमा  पेश गर्न तयारीको लागि एक कार्य दल गठन गरिने साथै उक्त दिन जनसम्पर्क समिति युरोपको आधिकारिक गन्तव्यको लागि कसरी अगाडी बढ्ने भन्ने बारेमा विचार विर्मश हुने  जानकारी गराउनु भएको छ ।

कार्यक्रमलाई भव्यताका साथ सफल पार्नका लागि नेपाली काँग्रेस प्रति आस्थावान तथा बेलायतस्थित सम्पुर्ण बुद्धिजिबी मानुभावहरु साथै पत्रकार बन्दुहरुलाई सभामा उपस्थित भईदिन समितिका उपसभापति युवराज गुरुङले अनुरोध गर्नु भएको छ । लामो समय छिमेकी राष्ट्र भारत निर्वासनपछि २०३३ साल पुस १६ गते राष्ट्रिय मेलमिलापको आह्वानसहित स्वदेश फर्किएको सम्झनामा नेपाली काँग्रेस र यसका भ्रातृ संगठनहरुले यो दिवस मनाउने गर्दछन् । तत्कालीन पञ्चायती ब्यवस्थाले आफूविरुद्ध लगाएका विभिन्न मुद्दाको प्रबाह नगरी राष्ट्रिय शक्ति र प्रजातान्त्रिक शक्तिसँग एकता र मेलमिलापको माध्यमद्धारा देशको स्वाभिमान बचाउने उदघोषका साथ वीपी स्वदेश फर्किएका थिए । नेपालमा प्रजातान्त्रिक ब्यवस्था ल्याउन विदेशी भुमीमा बसेर संघर्ष गर्नुभन्दा आफ्नै देशमा मेलमिलाप गर्नुपर्ने उनको मान्यता थियो । प्रजातान्त्रिक समाजवादी आन्दोलनका प्रणेता वीपी स्वदेश फर्किएपछि भएका बिभिन्न आन्दोलन र २०३७ सालको जनमत संग्रहले देशमा राजनीतिक परिवर्तनको लागि बाटो सहज बनाएको बताउने गरिन्छ । वीपीले अघि सारेको एकता र मेलमिलापको नीति अहिले पनि उत्तिकै सान्दर्भिक मानिएको पाईन्छ ।

आवश प्रबन्धक समितिका प्रबक्ता प्रवेश केसीको संयोजकत्वमा महामन्त्री शिव तिमिल्सिना, तर्क जङ गुरुङ, डा मीन रानाभाट प्रचार प्रशार समिति गठनमा लागिरहेको समितिले जनाएको छ । मेलमिलाप दिवसका अवसरमा वीपी कोइरालाको जीवन कहानीमा आधरित र उनको सिद्धान्तमाथि बनेको नेपाली फिल्म “तीन घुम्ती” उक्त दिवशमा प्रदर्शन गर्न लागेको आयोजक समितिका सभापति लोक गुरुङले बताएका छन् ।

प्रतिक्रिया