दुई वर्ष नेपालले कृषि वस्तु आयात गर्नुपर्दैन: कृषि मन्त्री गजुरेल

इनेप्लिज २०७२ मंसिर २८ गते १२:४१ मा प्रकाशित

Haribol-Gajurelकाठमाडौँं, २८ मङ्सिर । कृषि विकास मन्त्री हरिबोल गजुरेलले आगामी दुई वर्षभित्र नेपालले कृषि वस्तु आयात गर्नु नपर्ने बताउनुभएको छ ।

आज राजधानीमा कृषि पत्रकार प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री गजुरेलले कृषिको विकास बिना मुलुकको विकास सम्भव नभएको बताउनुभयो । कार्यक्रममा नेपाल राष्ट्र बैङ्कका गभर्नर चिरञ्जीवी नेपालले कृषि अब्बल पेसा भएको बताउँदै विभिन्न बैङ्क तथा वित्तीय संस्थालाई लगानी बढाउन आग्रह गर्नुभयो ।

यस्तै कृषि विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले कृषि विकासमा समाचार सम्प्रेषण गरी किसानलाई उत्पादनमा जागरुक गराएको भन्दै पाँच जना पत्रकारलाई जनही नगद रु १० हजार राशिसहित पुरस्कृत गरेको छ ।

बीबीसी नेपाली सेवाका समाचारदाता सुभाष कार्की, राजधानी दैनिकका लक्ष्मी सापकोटा, कान्तिपुरका प्रकाश अधिकारी, गोरखापत्रका विष्णुप्रसाद न्यौपाने र नयाँपत्रिका दैनिकका ख्यामप्रसाद भुजेललाई सो सम्मान प्रदान गरिएको हो ।

प्रतिक्रिया