विद्यालयको भवन निर्माणका लागि जापानी समाजसेवीद्वारा आर्थिक सहयोग

इनेप्लिज २०७२ मंसिर २६ गते ३:४४ मा प्रकाशित

रामपुर (पाल्पा), २६ मङ्सिर । पुरनथर माध्यमिक विद्यालय सहलकोट पाल्पाको भवन निर्माणका लागि आर्थिक सहयोग जुटेको छ ।

जापानिज महिला समाजसेवी मियाको कात्स्कोले विद्यालय भवन निर्माणका लागि रु चार लाख सहयोग गर्नुभएको छ । विद्यालयमा पठनपाठन गर्न विद्यार्थीलाई सहज होस् भन्ने उद्देश्यले सहयोग गरेको कात्स्कोले बताउनुभयो । विद्यालयको भौतिक संरचना निर्माणका लागि प्राप्त भएको रकम दुईकोठे भवन निर्माणमा खर्च गरिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नयन सिं सारुले बताउनुभयो ।

प्रतिक्रिया