आगलागी हुँदा एकजना बालकको मृत्यु

इनेप्लिज २०७२ मंसिर २५ गते ९:३७ मा प्रकाशित

aaglaagiदाङ, २५ मङ्सिर । दाङमा आगलागीका कारण निस्सासिएर एकजना बालकको ज्यान गएको छ । आज बिहान कोठामा बालेको मैनबत्तीबाट कोठामा आगलागी हुँदा दाङको तुलसीपुर–१ कोठीखोलामा बस्दै आएका १० वर्षीय दीपेश पुनको मृत्यु भएको हो ।

आज बिहान ५ बजे कोठामा मैनबत्तीबाट टेबुल र अन्य सामग्रीमा आगो लाग्दा कोठामा सुतिरहेका बालकको धुवाँ भएपछि निस्सासिएर मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसार्इंले जानकारी दिनुभएको छ ।

रुकुम–७ खारा घर भई पढाइको सिलसिलामा दाङ आएका पुनको उपचारका क्रममा राप्ती अञ्चल अस्पतालमा मृत्यु भएको हो । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । हाल पुनको शव परीक्षणका लागि अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया