राष्ट्रिय एकता आवश्यक: महामन्त्री सिटौला

इनेप्लिज २०७२ मंसिर २४ गते १२:३५ मा प्रकाशित

krishna-sitaulaभक्तपुर, २४ मङ्सिर । नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले राष्ट्रिय एकता नै नेपाल बलियो बनाउने आधार भएको बताउनुभएको छ ।

नेपाल प्रेस युनियन भक्तपुरले यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले भन्नुभयो, “राष्ट्रिय एकताबिना संविधान कार्यान्वयन हुन सक्दैन, संविधान कार्यान्वयन हुन नसके नेपालले केही गर्न सक्दैन, त्यसका लागि पनि राष्ट्रिय एकता र मेलमिलाप आजको आवश्यकता हो ।”

संविधानसभामा ९० प्रतिशतले पारित गरेको संविधान मान्दैनौँ भनेर ११ मधेसी नेताले विरोध गर्दा मुलुक नाकाबन्दीमा परेको बताउँदै भारतमा ६९ प्रतिशतले पारित गरेको संविधान दुई सयभन्दा बढी पटक संशोधन भएको जानकारी दिनुभयो ।

भ्रष्टाचारमुक्त जिल्ला अभियान
आज्ञा सोसियल कन्र्सनले ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालको सहकार्यमा आज भ्रष्टाचारविरुद्ध साहित्यिक गोष्ठी सम्पन्न भएको छ ।

भक्तपुरलाई भ्रष्टाचारमुक्त जिल्ला बनाउने अभियानमा लागेको कन्सर्नले भ्रष्टाचारविरुद्ध अन्तर्राष्ट्रिय दिवसका अवसरमा साहित्य गोष्ठीको आयोजना गरेको हो कार्यक्रममा धुव्र मधिकर्मी, सौरभ शाक्य, मुकुन्द पोखरेल, ईश्वर बुढाथोकी, त्रिविक्रम पाण्डे, धनमान श्रेष्ठ, रोशनकुमार राजभण्डारी, सुदीप हाडा, दिनेश पाण्डे, सरिता प्रजापति, राजेन्द्र कोजु, काशीराम विरस, नवीनप्रकाश श्रेष्ठ, पुष्करराज बुढाथोकीलगायतले भ्रष्टाचारविरुद्ध कविता वाचन गर्नुभएको थियो ।

कार्यक्रममा सहायक प्रजिअ शिवराज जोशी, कन्सर्नका अध्यक्ष पुष्पलाल तिमिला, सचिव सज्जन प्रधानलगायतले भक्तपुरलाई भ्रष्टाचारमुक्त जिल्ला बनाउन हरेक तबरले सहयोग गर्न आफूहरु तयार रहेको बताउनुभयो ।

प्रतिक्रिया