संस्कृति संरक्षणमा सरकारले लगानी वृद्धि गर्छ: मन्त्री पोखरेल

इनेप्लिज २०७२ मंसिर २३ गते १०:५० मा प्रकाशित

ananda-pokhrelकाठमाडौँ, २३ मङ्सिर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्दप्रसाद पोखरेलले मुलुकमा रहेका सबै जाति तथा संस्कृतिको संरक्षणका लागि सरकारले लगानी बढाउने बताउनुभएको छ ।

किलाघः तथा त्यस वरपर क्षेत्रका प्राचीन महत्वका सम्पदा, मन्दिर निरीक्षण तथा नेवारी समुदायका परम्परागत जात्रा पर्वका बारेमा आज जानकारी लिएपछि उहाँले काठमाडौँको भित्री सहरमा मनाइने नेवारी संस्कृतिका विभिन्न रितिरिवाज, इन्द्रजात्रा, पुलु किसी, देवी नाचलगायतको लोकप्रियताले अन्तर्राष्ट्रिय तहमा नेपाल र नेपालीको गौरव बढाएको विचार व्यक्त गर्नुभयो ।

मन्त्री पोखरेलले स्थानीय जात्रा, संस्कृति तथा पर्वको जगेर्नाका लागि स्थानीय समाज तथा सङ्घसंस्थाले अग्रसरता लिएर नयाँ पुस्तालाई त्यसतर्फ आकर्षण गर्नुपर्ने सुझाव दिँदै त्यस क्षेत्रमा मनाइने विभिन्न पर्वले देशको मौलिक संस्कृतिलाई जगेर्ना गरेको र जात्रा पर्वको व्यवस्थापनका लागि सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उक्त कार्यक्रममा नेकपा (एमाले) का नेता सासंद रामवीर मानन्धरले समाजको विकासमा योगदान गरेका मानिसलाई सम्मान गर्ने परिपाटीले किलाघः क्षेत्रमा ऐतिहासिक धरोहर तथा प्राचीन संस्कृतिसँग सम्बन्धित जात्रा पर्व रहेकाले तिनको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।

विशेषगरी इन्द्रजात्राका क्रममा निकालिने देवी नाच, भैरव कुमारी, चण्डी, दैत्यलगायत नाच लोपोन्मुख बन्दै गएको स्थानीय नातिकाजी महर्जनले जानकारी दिनुभयो ।

प्रतिक्रिया