NOA को नेपाल सम्बत-साँस्कृतिक कार्यक्रम, Potomac, Maryland, U.S.A. – 2015

इनेप्लिज २०७२ मंसिर २३ गते ४:५० मा प्रकाशित

अमेरिकाको डिसी महानगर क्षेत्रमा पन्ध्र बर्ष अगाडी नेवारी समुदायको संस्कृति ,परम्परालाई सम्बर्धन तथा प्रबर्धन गर्न स्थापना भएको नेवाः अर्गनाईजेसन अफ अमेरिकाले नेपाल सम्बत ११३६ धुमधाम साथ मनाएको छ ।

यस पटक पहिलो पटक संस्थाले नया बर्ष मनाउने क्रममा सुकुन्दा रयाली (प्रदर्सन ) को आयोजना गरेको छ l डिसेम्बर ६ तारिखमा सम्पन्न भएको उक्त कार्यक्रम म्यारिल्याण्डको पोटोम्याकमा पोटोम्याक सामुदायिक केन्द्रमा गरिएको थियो l

नेपाल सम्बत नया बर्ष धिमे बाजा ,सुकुन्दा प्रदर्सनको साथै समय बजी को साथ आरम्भ गरिएको थियो l उक्त कार्यक्रममा अमेरिकाका लागि नेपाली राजदूत डा अर्जुन कुमार कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा डिसी महानगर क्षेत्रका बिभिन्न संघ तथा संस्थाका प्रतिनिधि, अतिथि तथा आमन्त्रित समुदायको बाक्लो उपस्थिति रहेको थियो ।

राजदुत कार्कीलेले मन्तब्य राख्दै संस्कृति तथा परम्परा सम्बर्धन तथा प्रबर्धनमा अहम भूमिका निर्वाह गरेको नेवाः संगठन अमेरिकाको भूमिका अत्यन्तै सराहनीय रहेको बताउनु भयो ।

 

प्रतिक्रिया