ट्याक्टर दुर्घटनामा एक बालकको मृत्यु, दुई गम्भीर घाइते

इनेप्लिज २०७२ मंसिर २२ गते १५:२५ मा प्रकाशित

300px-Panchthar_district_locationपाँचथर, २२ मङ्सिर । पाँचथरको रानीटार–९ स्थित देवीथानमा आज साँझ ६ बजेतिर ट्याक्टर दुर्घटना हुँदा एक बालकको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा रानीटार–९ बस्ने कर्मसिङ राईको १३ वर्षीय छोरा सुजन रहेका छन् । दुर्घटनामा परी ट्याक्टर चालक स्थानीय सुजन राई र सहचालक रविन राई गम्भीर घाइते भएका छन् ।

उनीहरुको उपचारका लागि बिएन्डबी हस्पिटल विर्तामोडतर्फ लगिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

रानीटारको पौवाभञ्ज्याङबाट सोही गाविसको वडा नं ९ मा रहेको सानो भालुखोपतर्फ किराना सामान लिएर जाँदै गरेको मे १ त ४२५६ नंको ट्र््याक्टर सडकबाट करिब ५० मिटर तल खसेको स्थानीयले बताएका छन् ।

घटनास्थलतर्फ पौवाभञ्ज्याङ प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालयको टोली खटिएको प्रहरी नायब उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिनुभयो ।

प्रतिक्रिया