ग्यास बुलेट दुर्घटनामा

इनेप्लिज २०७२ मंसिर २१ गते १२:३२ मा प्रकाशित

Gas-bullet-accidentइटहरी, २१ मङ्सिर । पूर्वपश्चिम राजमार्गको सुनसरीको पकलीस्थित सडकमा १७ टन ग्यास बुलेट आज बिहान दुर्घटना भएको छ ।

भारतको बरौनीबाट जोगवनी नाका हुँदै नेपाल छिरेको एच आर ४७६५ नंंको ग्यास बुलेट पल्टिएपछि त्यसका चालक सामान्य घाइते भए पनि अप्रिय घटना भने नभएको प्रहरीले बताएको छ । बुलेटमा रहेको ग्यास चुहिन नदिन प्राविधिक टोलीसमेत परिचालन गरिएको जनाइएको छ ।

प्रतिक्रिया