बाह्र वर्षे बालिका बलात्कार गर्ने युवक पक्राउ

इनेप्लिज २०७२ मंसिर २१ गते १:३० मा प्रकाशित

rapeगोरखा, २१ मङ्सिर । गोरखाको सौरपानी गाविस– ८ रञ्चोकस्थित गोठमा सुतेकी १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सोही ठाउँका ३१ वर्षीय सन्तबहादुर गुरुङलाई पक्राउ गरेको छ ।

बारपाक– २ राङरुङको जङ्गलमा लुकीछिपी बसेको अवस्थामा प्रहरीले गुरुङलाई पक्राउ गरी आइतबार जिल्ला प्रहरी कार्यालयमा ल्याएको छ । प्रहरीले गुरुङविरुद्ध जबर्जस्ती करणी ऐनअन्तर्गत मुद्दा दर्ता गरेको छ । जिल्ला अदालत गोरखाबाट आइतबार नै पाँच दिनको म्याद थप गरी अनुसन्धान गरिएको प्रहरी निरीक्षक शङ्कर आचार्यले जानकारी दिनुभयो ।

गत मङ्सिर १५ गते राति गुरुङले गाउँ नजिकैको गोठमा सुतिरहेकी ती बालिकाको मुखमा रुमाल कोचेर बलात्कार गरेको प्रहरीले अनुसन्धानबाट पत्ता लगाएको छ ।

प्रतिक्रिया