प्रधानन्यायाधीशसँग जागिर जोगाइदिन आग्रह

इनेप्लिज २०७२ मंसिर २० गते १३:५६ मा प्रकाशित

kalyan-Shresthaकाठमाडौँ, २० मङ्सिर । प्रधानन्यायाधीश कल्याण श्रेष्ठसँग पुनरावेदनका अतिरिक्त २८ न्यायाधीशले आफूहरुको जागिर जोगाइदिन आग्रह गरेका छन् ।

आफूहरुको काम गर्ने अवधि सकिन पाँच दिनमात्रै बाँकी भएकाले जागिर जोगाइदिन आग्रह गर्दै आज २८ न्यायाधीशले प्रधानन्यायाधीशसहित न्याय परिषद्का सदस्यसँग भेट गरेका हुन् ।

प्रधानन्यायाधीश श्रेष्ठले अतिरिक्त न्यायाधीशको व्यवस्थाबारेमा नेपालको संविधानमै प्रष्ट व्यवस्था भएको र सो अन्योलताप्रति आफू चिन्तित भएको बताउनुभयो ।

आगामी शनिबारबाट उहाँहरुको समय अवधि सकिँदैछ । नयाँ संविधानले पदावधि तोकिएको अवधिसम्म मात्र काम गर्ने व्यवस्था गरेको छ ।

न्याय परिषद्ले यसअघि उहाँहरुलाई छ महिनाका लागिमात्र समय थप गरेको थियो ।

प्रतिक्रिया