मिलको फित्तामा बेरिएर वृद्धको मृत्यु

इनेप्लिज २०७२ मंसिर १९ गते १५:१७ मा प्रकाशित

कलैया, १९ मङ्सिर । बारा जिल्ला टेढाकट्टी गाविसस्थित धान कुट्ने मिलको फित्तामा बेरिएर ५० वर्षीय वृद्धको मृत्यु भएको छ ।

सो गाविस वडा नं ७ बस्ने रामविश्वास गिरी वडा नं ९ स्थित मिलमा धान कुटाइरहेको अवस्थामा अचानक निजको कपडा मिलको फित्तामा बेरिएर घटनास्थलमा नै मृत्यु भएको थियो ।

मृतकको शव परीक्षणका लागि कलैया अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया