रूसमा विदेशका साथ मैत्री सम्बन्ध प्रवर्धनको उद्देश्यले सन् १९२५ मा गठित हाल ‘रोस्सोत्रुद्नीचेस्तभो’ भनिने निकायको स्थापना भएको ९०–यौं वर्षान्तको सन्दर्भमा मास्कोमा ‘अन्तर्राष्ट्रिय मानविकी सहयोगको विकासमा जनस्तरीय राजनीतिको भूमिका’ भन्ने विषयमा फोरुम सम्पन्न भएको छ । त्यसमा संसारका १०० देशका ५०० भन्दा बढी प्रतिनिधिहरूको सहभागिता रहेको थियो । नेपालको प्रतिनिधित्व रसियाली जनमैत्री विश्वविद्यालयका स्नातक, रूसलगायत पूर्व सोभियत संघका शिक्षण संस्थानहरूबाट विभिन्न विषयमा विशेषज्ञता हासिल गर्नेहरूको संस्था ‘मित्रकुञ्ज’ का पूर्वअध्यक्ष, नेपाल सरकारको विज्ञान, प्रविधि तथा पर्यावरण मन्त्रालयको कार्यभार सम्हाल्ने पूर्वमन्त्री, नेपालका सामाजिक तथा राजनैतिक व्यक्तित्व गणेश शाहबाट भएको थियो । उनले फोरुममा ‘रोस्सोत्रुद्नीचेस्तभो’ को ९०–यौं वर्षान्तप्रति समर्पित फोरुमको नाममा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा पठाइएको शुभकामना सन्देश पढेर सुनाएका थिए ।
यहाँ म सर्वप्रथम नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको सन्देशबाट छोटो उद्धरण प्रस्तुत गर्न चाहन्छु । त्यसमा अंशतः भनिएको छ ः ‘पछिल्लो ३६ वर्षयतादेखि यस संस्थाले नेपालको विकासार्थ आफ्नो प्रतिनिधि ‘रूसी विज्ञान तथा संस्कृति केन्द्र’ को माध्यमबाट संस्कृति, विज्ञान एवं शिक्षाको क्षेत्रमा तथा नेपाल र रूसबीच मैत्री सम्बन्धको प्रवर्धनमा पु¥याउँदै आएको महत्तम योगदानको उच्च मूल्याङ्कन गर्दछु । रूस महासंघको सरकार तथा जनताहरूसित सुमधुर सम्बन्धको म विशेष महत्व बुभ्mदछु । देशको सर्वाङ्गीण प्रगतिको निम्ति संस्कृति, विज्ञान तथा प्रविधिको विकास अपरिहार्य र महत्वपूर्ण कारक हो भन्ने मलाई विश्वास छ । रुसका सरकार तथा जनताले भविष्यमा पनि मानवजातिकै शान्तिपूर्ण विकासको प्रवर्धनार्थ आफ्नो अग्रगामी ज्ञान र प्रविधिको उपयोग गर्नेछन् भन्ने आशा छ…’
नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीबाट ‘रोस्सोत्रुद्नीचेस्तभो’ निकायको ९०–यौं वर्षान्त समारोहको नाममा पठाइएको सन्देशमा यस संस्थाको भावी प्रगतिको सदीक्षा व्यक्त गरिएको छ । यहाँनेर म नेपाली पाठकवृन्दलाई विगत नौ दशकभित्र यस विश्वविख्यात संस्थाले पार गरेको बाटोतर्पm सर्सर्ती विहङ्गम दृष्टि लगाउने आग्रह गर्दछु ।
सोभियत संघ तथा विश्वका अन्य देशहरूका जनताहरूबीच मैत्री तथा आपसी समझदारीको सुदृढीकरणको उद्देश्यले संसारका विभिन्न देशहरूसंग जनस्तरमा मैत्री सम्बन्ध विकासका लागि तत्कालीन जनशिक्षा कमिसार (अर्थात् शिक्षामन्त्री) अ.भ.लुनाचास्र्कीको अध्यक्षतामा सन् १९२५ को अप्रीलमा अखिलसंघीय विश्व सांस्कृतिक सम्बन्ध समाजको नामले एक संस्था स्थापित गरिएको थियो । कुन कुरा पनि विशेष उल्लेखनीय छ भने यसै संस्थाको माध्यमबाट तत्कालीन सोभियत संघ र संसारका विभिन्न देशका सांस्कृतिक कार्यकर्ताहरूबीच सर्वप्रथम आपसी सम्पर्क र यात्राभ्रमणको आदानप्रदान सम्भव हुन गएको थियो । दोस्रो विश्वयुद्धकाल (सन् १९३९–१९४५) मा यस संस्थाको क्रियाकलापमा बाधा पुग्न जानु स्वाभाविके थियो, तर विदेशस्थित रूसका कैयौं मित्रहरूको सहयोगबाट फाशीवादी जर्मनीविरुद्ध रूसी जनताको महान् देशभक्तिपूर्ण युद्ध (ई.सं. १९४१–१९४५) मा विजयप्राप्तिको संघर्षमा थप योगदान पुग्न गएको थियो । फलस्वरूप यस संस्थाका विदेशी सहकर्मीहरूको सक्रियताबाट विश्वयुद्धको समाप्तिपश्चात् जनस्तरमा मैत्री सम्बन्ध विकासको नयाँ चरण सुरु हुनुका साथै यस संस्थाले पनि रूप परिवर्तन गरेको थियो र सन् १९५८ मा यस संस्थाले विदेशका साथ मैत्री तथा सांस्कृतिक सम्बन्ध राख्ने सोभियत समाजहरूको संघ (अर्थात् सोभियत मैत्री समाज संघ) भन्ने नयाँ नाम पाएको थियो । कारण के त भने त्यतिञ्जेलसम्ममा संसारका विभिन्न देशहरूसित जनस्तरमा मैत्री सम्बन्ध कायम गर्ने विभिन्न समाजहरू अस्तित्वमा आइसकेका थिए र तिनको क्रियाकलापमा तत्कालीन सोभियत संघका सुप्रतिष्ठित सामाजिक तथा सांस्कृतिक कार्यकर्ताहरूले सक्रिय भाग लिने गरेका थिए ।
सन् १९६० मा अध्ययनार्थ म सोभियत संघमा आउँदा सन् १९४१ मै स्थापित सोभियत–भारत मैत्री समाज क्रियाशील रहेको भए तापनि सोभियत–नेपाल मैत्री समाजको स्थापना चाहिं सन् १९६३ को २२ अक्टोबरका दिन भएको थियो । त्यस घडीदेखि आजपर्यन्त म यस मैत्री समाजसित सम्बन्धित छु । त्यस ताका मास्कोको केन्द्रमा रहेको ‘मैत्री भवन’ भनिने भव्य र मनोहर प्रासादमा रूस र नेपालका ऐतिहासिक दिवसहरूमा भव्य समारोह र विभिन्न प्रदर्शनीहरूको आयोजना गरिनुका साथै नेपालबाट मास्को आएका विभिन्न प्रमण्डलहरूको स्वागत गरिन्थ्यो । सोभियत संघमा नेपालका राजा महेन्दको दोस्रो (सन् १९७१) तथा राजा वीरेन्द्रको पहिलो (सन् १९७६) राजकीय भ्रमणको सम्झना हुन्छ । त्यतिखेर यसै भवनमा सोभियत–नेपाल मैत्री समाजको तर्फबाट भव्य नागरिक स्वागत समारोहको आयोजना गरिएको थियो र यसै पंक्तिकारले अनुवादकको भूमिका निर्वाह गर्ने सम्भावना पाएको थियो ।
त्यस समयदेखि अहिलेसम्म हाम्रा दुवै देशहरूमा युगान्तकारी परिवर्तन भइसकेको छ र जस्तोसुकै प्रतिकूल परिस्थितिमा समेत जनस्तरबाट हाम्रा दुवै देशबीच सुमधुर मैत्री सम्बन्ध कायम राख्नमा महत्वपूर्ण भूमिका खेल्ने सामाजिक संस्थाहरूको पनि समयानुकूल कायाकल्प भएको छ ।
यहाँ म नेपाल लगायत विभिन्न देशका मैत्री संघहरूसित गाढा सम्बन्ध कायम राख्ने आधिकारिक राजकीय संस्थाको रूपमा क्रियाशील सोभियत मैत्री समाज संघको कायाकल्पको संक्षेपमा चर्चा गर्न गइरहेको छु । वैदेशिक नीतिमा रूसको हितलाई ध्यानमा राखेर कार्य गर्ने यस संस्थाको अस्तित्व सोभियत संघको विघटनसंगै समाप्त भयो अर्थात् सन् १९९२ मा देशकै कायापलटको नयाँ परिस्थितिअनुरूप त्यसले पनि काँचुली फे¥यो भन्नु युक्तिसङ्गत हुनेछ । त्यतिखेर सोभियत मैत्री समाज संघको नेतृत्व विश्वकी प्रथम नारी अन्तरिक्षयात्री भालेन्टिना तेरेश्कोभाले गरिरहेकी थिइन् भने सोभियत–नेपाल मैत्री समाजको अध्यक्ष पदमा अन्तरिक्षयात्री युरी मालिशेभ निर्वाचित भइसकेका थिए । विशाल सोभियत संंघ १५ वटा स्वाधीन राष्ट्रमा छिन्नभिन्न हुँदा यहाँ अध्ययनरत नेपाली विध्यार्थीहरूको छात्रसंघ समेत धराशायी भएको नाजूक अवस्थामा उनले कसरी एकलैले सोभियत–नेपाल मैत्री समाजको अस्तित्व जोगाएर राखेका थिए भन्ने मैले प्रत्यक्ष देखिरहेको थिएँ ।
सन् १९९४ मा सोभियत मैत्री समाज संघको पुनर्गठन गरियो र त्यसले (छेटकरीमा ‘रोसजारुबेजचेन्त्र’ (रूस अन्तर्राष्ट्रिय वैज्ञानिक तथा सांस्कृतिक सहयोग केन्द्र) भन्ने नाम पायो । अनि सन् २००८ को ८ सेप्टेम्बरदेखि रसियाली प्रधानमन्त्री दिमित्री मेद्भेदोभको आदेशअनुसार यस संस्थालाई खारेज गरी ‘अन्तर्राष्ट्रिय सहयोगको क्षेत्रमा राज्यको परिचालनमा प्रभावकारिता बृद्धिको उद्देश्यले’ यसको कार्यभार विस्तार गरेर स्वाधीन राष्ट्रमडल, विदेशमा बसोवास गरिरहेका देशवासीहरूको मामिला तथा अन्तर्राष्ट्रिय मानविकी सहयोगसम्बन्धी एजेन्सी (छोटकरीमा ‘रोससोत्रुद्नीचेस्तभो’) भन्ने नयाँ संस्था खडा गरिएको छ । रूस परराष्ट्र मन्त्रालयको मातहतमा रहेको यस संस्थाले विश्वका ७३ देशहरूमा आफ्नो प्रतिनिधिमार्पmत् पारस्परिक सहयोग सुदृढीकरणकोे क्रियाकलाप सञ्चालन गरिरहेको छ । विभिन्न देशमा रहेका रूस विज्ञान तथा सांस्कृतिक केन्द्रहरू यसै संस्थाको मातहतमा रहेका छन् । सर्ववीदितै छ, काठमाडौंमा गतः ३६ वर्षदेखि रूस विज्ञान तथा सांस्कृतिक केन्द्र सञ्चालित छ… ।
रूस–नेपाल सहयोत तथा मैत्री समाजले ‘रोस्सोत्रुद्नीचेस्तभो’ को ९०–यौं वर्षान्तको उपलक्ष्यमा त्यसकी प्रमुख ल्युबोभ ग्लेबोभाको नाउँमा पठाइएको शुभेच्छा सन्देशमा ‘अन्तर्राष्ट्रिय मानविकी सहयोग विकासका साथै रूस र नेपालबीच सामाजिक तथा सांस्कृतिक सम्बन्धको सम्बर्धन र सुदृढीकरणमा’ पु¥याइएको योगदानको उच्च मूल्याङ्कन गरिएको छ ।
फोटो सौजन्य ः बोरिस भेर्शिनिन
मिति ः ३ डिसम्बर २०१५ (वृहस्पतिवार),
मास्को, रूस महासंघ ।
प्रतिक्रिया