पेट्रोल आगोमा नष्ट गर्न खोज्दा मोर्चाका एक कार्यकर्ता घाइते

इनेप्लिज २०७२ मंसिर १७ गते ६:५२ मा प्रकाशित

fireमहोत्तरी, १७ मङ्सिर । महोत्तरीको सम्सीमा बुधबार साँझ भारतबाट तस्करी गरी ल्याउँदै गरेको करिब ३५ लिटर पेट्रोल आगोमा नष्ट गर्न खोज्दा मोर्चाका एक कार्यकर्ता घाइते भएका छन् ।

भारतीय बजारबाट मोटरसाइकलमा लोड गरी गौशालातर्फ ल्याउँदै गरेको अवस्थामा नियन्त्रणमा लिई आगो लगाई जलाउन खोज्दा सम्सी– ७ का भोगेन्द्र यादव घाइते भएको मोर्चाका कार्यकर्ता रामबाबु यादवको भनाइ छ ।

घाइते भोगेन्द्रको तत्काल उपचारका लागि जनकपुरस्थित जानकी मेडिकल कलेजमा भर्ना गराए पनि त्यहाँ उपचार सम्भव नभएपछि काठमाडौँ लैजाने तयारी गरिरहेको अस्पताल स्रोतले जनाएको छ ।

प्रतिक्रिया