सुस्तःमनस्थिति भएकालाई सहयोग हस्तान्तरण

इनेप्लिज २०७२ मंसिर १७ गते १:५१ मा प्रकाशित

पथरी (मोरङ), १७ मङ्सिर । मोरङको इटहरामा रहेका एकै घरका पाँच सुस्तःमनस्थिति भएका परिवारलाई हिजो सहयोग हस्तान्तरण गरिएको छ ।

चौबिसौँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसर पारेर इटहरा– ७ स्थित तुलशीराम ढुङ्गानाको घरमै पुगी सहयोग रकम र कम्बल हस्तान्तरण गरिएको हो ।

दाताहरुबाट सङ्कलित रु १५ हजार र पाँच थान ब्लाङकेट नेकपा (एमाले) केन्द्रीय लेखा आयोग सदस्य मालती सुब्बा र स्थानीय सञ्चारकर्मी सुमन घिमिरेले संयुक्त रुपमा प्रदान गर्नुभयो ।

राष्ट्रिय समाचार समिति (रासस) लगायत विभिन्न सञ्चारमाध्यमले सोबारे समाचार प्रकाशन गरेपछि देश तथा विदेशबाट सहयोग गर्ने दाता बढेका हुन् । दाताहरुको सहयोगमा इटहरीमै रु आठ लाख बराबरको घर निर्माणाधीन अवस्थामा रहेको छ ।

यो वर्ष झन्डै ढुङ्गाना परिवारलाई नगद रु एक लाखको हाराहारीमा सहयोग उपलब्ध भएको स्थानीय सञ्चारकर्मी तेजन खड्काले जानकारी दिनुभयो ।

ती दम्पतीका छोरीहरु ३७ वर्षीया निर्मला, २२ वर्षीया पार्वता र २० वर्षीया गोमा तथा छोराहरु ३५ वर्षीय निर्मल र ३१ वर्षीय उमेश जन्मजात सुस्तःमनस्थितिका छन् ।

प्रतिक्रिया