अब भारतसँगको सबै असमान सन्धी सम्झौता तोड्नु पर्छ

इनेप्लिज २०७२ मंसिर १६ गते १४:४४ मा प्रकाशित

u-19-nepali-teemभारतले नेपालमा अघोषित नाकाबन्दी गरिरहेको बेला ठोस कार्यक्रम अगाडि बढाउन नसकेको नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन बैद्य किरणसँग पत्रकार ऋषि धमलाले गरेको कुराकानी

भारतको अघोषित नाकाबन्दीले मुलुकको जनजीवन कष्टकर भईसक्यो तर तपाईहरु चुपचाप बस्नु भएको छ ?
मौन त हामी बसेका छैनौ । हामी सिंहदरवार गएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई विरोधपत्र बुझायौ । भारतीय दुतावासमा गएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई विरोध पत्र बुझायौ । मंसिर ११ गते हामीले देशका विभिन्न भागमा विरोध प्रर्दशन पनि गर्यौ । विभिन्न कार्यक्रमहरु हामीले गर्दै आएका छौ ।
ज्ञापन पत्र बुझाएर मात्रै समस्या समाधान होला र ?
हामी सरकार र संसदमा छैनौ । त्यसकारण हामीले सडकबाट कुरा उठाउने हो । त्यस अनुसार हामीले सडकबाट कुरा उठाईरहेका छौ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँग कुरा मिलाउन संबाद गर्ने कि भिड्ने ?
भारतसँगको समस्या समाधानको लागि सरकारले खासै पहल लिएको छैन ।
के गर्दा भारतसँगको समस्या समाधान होला ?
भारतसँगको समस्या समाधान गर्न एउटा कुरा गंभिरता पूर्वक कुटनीतिक पहल गर्नु पर्छ । दोस्रो कुरा पारवहन अधिकार नेपालको अधिकार भएको हुनाले यसलाई अन्तर्राष्ट्रिय करण गर्न पनि जरुरी छ ।
अन्तर्राष्ट्रियकरण कसरी गर्ने नि ?
संयूक्त राष्ट्र संघमा कुराकानी गर्ने अन्य अन्तर्राष्ट्रिय फोरमहरुमा कुराकानी गर्ने ।
संयूक्त राष्ट्र संघका महासचिव बान कि मुनले तर नाकाबन्दी हटाउन भनेर भनिसके ?
यस्तो स्थितिमा हामीले प्रधानमन्त्रीसँग पनि कुरा गर्यौ यदि तपाईहरुले सक्नु हुन्न भने सबै असमान सन्धी सम्झौताहरु, अप्पर कर्णालीसहितका जलविद्युत सम्झौताहरु खारेज गर्न तयार हुनुस । खाली कुर्सि जोगाएर मात्रै हुँदैन ।
प्रधानमन्त्री त्यसकालागि तयार हुनु हुन्छ ?
अह, प्रधानमन्त्री त्यसकोलागि तयार हुनु हुन्न । हामीले उहाँलाई भन्यौ तपाई आफूलाई बडा राष्ट्रबादी भन्नु हुन्छ । तपाई बास्तवमा राष्ट्रबादी हो भने तुरुन्त कुटनीतिक पहल गरेर समस्याको समाधान गर्नुस कि पारवहन अधिकारको विषयलाई अन्तर्राष्ट्रियकरण गर्नुस होईन तपाई सच्चा राष्ट्रबादी हो र समस्याको समाधान गर्न नसक्ने हो भने सबै असमान सन्धी सम्झौता खारेज गरेर देखाउनुस भनेर भनेको छु ।
सन्धी सम्झौता खारेज गरेर के गर्ने ?
विकल्पहरु खोज्नु पर्यो, मुलुकको अर्थतन्त्रलाई आत्मनिर्भर बनाउनु पर्यो । विश्वमा दोस्रो धनि देश जलस्रोतको क्षेत्रमा त्यसको सदुपयोग गर्नु पर्यो । सबै भारतलाई सुम्पने अनि कसरी हुन्छ त ।
हामीसँग त्यसको सदुपयोग गर्न स्रोत र साधन नै छैन कसरी गर्ने ?
स्रोत साधन भई हाल्छ, जनताले हाल्छन । पहल गर्ने हो भने जनताले पैसा हाल्छन । यहाँका पुजिपतिहरुले हाल्नु पर्छ । सबैको सहयोगमा यहाँ विद्युत उत्पादन हुन्छ, विद्युतीय रेल मजाले चल्ने सक्ने अवस्था छ । बिकल्पको विषयमा पनि यो सरकार गंभिर बन्नु पर्छ । हामीले यो सरकार गंभिर बनेको देखिरहेका छैनौ । त्यसैले यो विषयमा अब जनता पनि उठ्नु पर्छ ।
जनता अभावमा छन, कसरी र के कालागि उठ्ने ?
हो, गंभिर समस्या भएकोले जनता उठ्नु पर्छ । जनताका सेवक हु भन्ने सरकारमा बसेकाहरुले पनि साचो अर्थमा समाधान प्रस्तुत गर्नको लागि गंभिर हुनु पर्छ । अहिलेको पीडा जनताको मात्रै होईन, मैले पनि भोगिरहेको छु । मेरो घरमा पनि ग्यासको समस्या छ । दाउरा बालेर खाना पकाउनु पर्ने स्थिति छ ।
गाडिमा हिडिरहनु भएको छ त तपाई ?
अब केही दिनमा गाडिमा हिड्ने दिन पनि हराउछ । अरुले जसरी ईन्धनको समस्या हल गरेका छौ, हामीेले पनि त्यसरी नै अहिलेसम्म हल गरिरहेका छौ । अब ईन्धन नभएर गाडि पनि रोकिने स्थिति आउँछ ।
नेपाल सरकारले ईन्धन संकट टार्न चीनसँग सम्झौता गर्ने भनेको छ नि ?
त्यो त हो, तर भित्री मनले गरिरहेको छैन । बाहिरमात्र चीनसँग सम्झौता गर्ने भन्ने कुरा गर्छन । भित्रि रुपमा चीनीयहरुलाई लिखित रुपमा केही पनि दिएको छैन । दिर्घकालिन महत्वको कुनै पनि पहल गरेको देखिदैन । सरकार चीनसँग सम्झौता गर्न तयार छैन ।
नेपालले भारतसँग सम्बन्ध तोडेर चीनसँग सम्झौता गर्दा समस्या समाधान हुन्छ ?
नेपाल एउटा स्वतन्त्र राष्ट्र हो त्यस हिसावले नेपालले आफ्ना दुबै छिमेकीसँग सम्बन्ध राख्नु पर्छ । सुमधुर सम्बन्ध राख्नु पर्छ । भारतसँग मात्रै एकलौटी रुपमा एकाधिकारी सम्बन्ध हुनु हुँदैन । न चीनसँग न कसैसँग त्यस्तो सम्बन्ध हुनु हुन्छ । त्यसकारणले नेपालले सबै मित्र राष्ट्रहरुसँग र विशेषत आफ्ना छिमेकी मुलुकहरुसँग राम्रो सम्बन्ध राख्नु पर्छ यसमा विवादै भएन । तर भारतले त एउटा असल छिमेकीको भूमिका देखाएन । अहिलेको चिन्ताको विषय यही हो ।
आन्दोलन मधेसमा छ, भारतमा छैन, यस हिसावले त पहिला मधेसको समस्या संबोधन हुनु पर्यो होला नि ?
यो कुरा हामीले पनि उठाएका छौ । यसमा अरुको भन्दा हाम्रो फरक छ । थारु मधेसी, जनजाति मात्रै होईन, मजदुर किसानको समस्या पनि समाधान भएका छैनन संविधान आएर । हामीले यो संविधान जनविरोधी संविधान हो भनेर भनेका छौ । हामीले यो राष्ट्रघाति , प्रतिगामि संविधान हो भनेर भनेका छौ । यो संविधानले कसैको समस्या पनि हल गर्न सकेको छैन ।
सीमांकनको मुद्दा जटिल बनिरहेको छ, यसमा तपाईको पार्टीको बटमलाईन के हो ?
अहिले गरिएको सीमांकन कुनै पनि आधारमा भएको छैन । विभिन्न तहका जनताका प्रतिनिधीहरु बसेर कसरी समस्याको समाधान गर्ने भनि हामीले भन्दै आएका हौ । सर्वपक्षीय सभा गरेर यसको हल गर्नु पर्छ भनेर हामीले भन्दै आएका हौ । हामीले पहिला १४ प्रदेश हुनु पर्छ भनेर भन्दै आएका थियौ । त्यो अवधारणा हामीलाई ठिकै लागेको छ । कैलाली कञ्चनपुरमा थारुवानलाई ठूलै मर्का परिरहेको छ । पाँच जिल्लाका जनता र जनप्रतिनिधि बसेर समस्याको हल गर्नु पर्छ । जाजय मागमा बसेर छलफल गरेर समाधान गर्नु पर्छ । मगरतलाई पनि ध्वस्त पारियो । यसले त जनताको चाहनालाई पुरै सखाप पारियो ।
भारतीय गृहमन्त्री राजनाथ सिंहले मधेसको साचो काठमाडौमा छ भन्नु भएको थियो ?
त्यो त वाईहात कुरा हो । नाकाबन्दी भारतकै हो । मधेस र थारुका जनताको मागहरु जायजै छन तर त्यहाँ नेताहरुले गडबड गरिरहेका छन । भारतलाई गुहार्ने कामहरु भएको छ त्यो राम्रो होईन । यसमा मधेसी र सत्तामा बस्ने नेताहरु दोषी छन ।
रक्सौलमा त नेपालीहरु बसिरहेका छन तर तपाईहरु भारतले नाकाबन्दी गर्यो भन्नु हुन्छ ?
यो कुरा जगजाहेर छ, दुनियाँले बुझीरहेका छन । तपाईले भारतले नाकाबन्दी गरेको छैन भनेर हुँदैन । भारतले मधेस आन्दोलनको बहानामा नाकाबन्दी गरेको छ । भारत गएको छ सीमा पारिबाट वारी ढुंगा हानेको छ । त्यो कुन तरिका हो । यो लाटाले पनि बुझ्ने कुरा हो भारतले नाकाबन्दी गरेको छ भनेर । यस खाल्को नाकाबन्दीले समस्याको समधान गर्न सक्दैन । यो मधेसी नेताहरुको गलत रबैया हो ।
एमाओवादी र तपाईहरुको पार्टीवीच एकताको सम्भावना कस्तो छ ?
होईन, अनौपचारिक कुरा एक दुई पटक भएको हो तर विचार राजनीति, कार्यदिशा मिल्यो भने हामीले अहिले मात्रै होईन लामो समयदेखि प्रयत्न गर्दै आएको हो । उहाँहरुले १६ बुँदे सहमति गरेर महान ऐतिहासिक संविधान हो, युगान्तकारी संविधान भन्नु भयो । सबै कुरा सच्याएर सहि नीति कार्य दिशमा आउन सके एकता हुन सक्छ । विचार र राजनीतिमा मतभेद हो त्यसमा सच्चिने हो भने एकता हुन सक्छ । तर त्यसमा हाम्रो प्रयास पुगेको छैन ।

प्रतिक्रिया