बुधबार, साउन २० २०७८
काठमाडौं ०४:५३
वासिङटन डिसी 19:08

छोराद्वारा बुबालाई कलेजो दान

इनेप्लिज २०७२ मंसिर १६ गते १४:३८ मा प्रकाशित

indexडोल्पा (त्रिपुराकोट), १६ मङ्सिर । विश्वमा मानिस जति नै करुणामयी वा दानी भएता पनि अर्काको जीवन बचाउन आफ्नो अङ्गदान गर्ने मान्छे कमै मात्रैमा हुन्छन् । तर डोल्पाका एक युवाले आफ्नो आधा कलेजो दान गरेका छन् ।

डोल्पाको सदरमुकाम दुनैमा बस्ने चाँद हमालले आफ्ना बुबा अङ्गतकुमार हमाललार्ई पुनः जीवन प्रदान गरेका छन् ।

पेसाले जिल्ला विकास समितिको इन्जिनियर रहेका हमालको धेरै मदिरापानको कारण आधा कलेजो बिग्रेकाले बुबालाई बचाउन आधा कलेजो दान गरेको चाँद हमालले बताउनुभयो ।

नेपालमा उपचार सम्भव नभएपछि भारतको मुम्बईमा रहेको अस्पतालमा सफल कलेजो प्रत्यारोपण गरिएको र अहिले बुबा छोरा दुवैको स्वास्थ्य अवस्था राम्रो भएको बिरामीका आफन्तले जनाएका छन् ।

प्रतिक्रिया