बसको ठक्करबाट एकको मृत्यु

इनेप्लिज २०७२ मंसिर १५ गते ५:०२ मा प्रकाशित

Road Accidentसुरुङ्गा (झापा), १५ मङ्सिर । झापाको मेची नगर नगरपालिकामा गएराति भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मेचीनगर नगरपालिका– १ निवासी ४१ वर्षीय तारा गुरुङ रहेका छन् । मे६प ७३५६ नंको मोटरसाइकलमा सवार उनलाई पूर्वबाट पश्चिमतर्फ आइरहेको को१ख ३०७५ नंको बसले ठक्कर दिएको हो ।

बसको ठक्करबाट गम्भीर घाइते भएका उनको बिर्तामोडस्थित बी एन्ड सी हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । मोटरसाइकललाई ठक्कर दिने बसलाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया