असुरक्षित यौन सम्पर्कले…

इनेप्लिज २०७२ मंसिर १५ गते ४:३८ मा प्रकाशित

teen_sex_00111पथरी (मोरङ), १५ मङ्सिर । मोरङमा एक वर्षभित्रमा ९३ जना एचआइभी सङ्क्रमित फेला परेका छन् ।

जिल्ला एड्स समन्वय समिति मोरङका संयोजक झमक भट्टराईका अनुसार यौनकर्मीको असुरक्षित यौन सम्पर्कबाट सर्ने दर बढी देखिएका छन् । त्रियानब्बे जनामध्ये २४ जनालाई शारीरिक सम्पर्कबाट सङ्क्रमण भएको खुल्न आएको छ । जिल्ला एड्स समन्वय समिति, मोरङको तथ्याङ्कअनुसार २६ गृहिणी र नौजना बालबालिका यो रोगबाट ग्रसित छन् ।

विसं २०४७ यता जिल्लामा एक हजार ३३९ जनामा रोगको सङ्क्रमण देखिएको छ । गत वर्षमात्रै मोरङमा एचआइभी एड्सका कारणले नौजनाको मृत्यु भएको तथ्याङ्कमा उल्लेख छ ।

मोरङका प्रमुख सहरी क्षेत्रका होटलमा गरिएका असुरक्षित यौन सम्पर्कबाट एचआइभीको सङ्क्रमण सरेको संयोजक भट्टराईको भनाइ छ ।

प्रतिक्रिया