नाकाबन्दीले देशभरका सात हजार अटो मजदुर बेरोजगार बन्दै

इनेप्लिज २०७२ मंसिर १३ गते ४:१० मा प्रकाशित

mobile-mechanic-430x316दाङ, १३ मङ्सिर । नेपाल अटो मेकानिक व्यवसायी महासङ्घका केन्द्रीय अध्यक्ष यमप्रसाद भुसालले नाकाबन्दीका कारण गाडी मोटरका पार्टपुर्जा सामग्रीहरु आयात नहुँदा त्यसमा आश्रित मजदुर समस्यामा परेको बताउनुभएको छ ।

राप्ती अटो इन्जिनियरिङ एसोसिएसन, घोराहीको वार्षिक साधारणसभाको शनिबार दाङमा उद्घाटन गर्दै भुसालले नाकाबन्दीका कारण सामग्रीहरु आपूर्ति नहुँदा अटो व्यवसायी र त्यसमा काम गर्ने मजदुरको रोजीरोटी नै बन्द हुने अवस्थामा पुगेको भन्दै सरकारलाई समस्या समाधानका लागि गम्भीर हुन आग्रह गर्नुभयो ।

नेपालभरि करिब सात हजार मजदुर तथा व्यवसायी रहेको र उनीहरु सामग्री अभावका कारण व्यवसाय बन्द गर्नुपर्ने अवस्थामा पुगेको उहाँको भनाइ थियो ।

गाडी मोटरमा प्रयोग हुने पार्टपुर्जा अभाव छ मजदुरहरु त्यत्तिकै घाम तापेर बस्नुपर्ने अवस्था छ, उनीहरुको चुलोमा आगो बल्न छोडेको छ काम केही हुँदैन उहाँले भन्नुभयो ।

त्यसैगरी सहभागी व्यवसायीहरुले नेपालमा आयात हुने नयाँ नयाँ मोडेलका सवारीका साधनको मर्मत सम्भार गर्न मेकानिकलाई सक्षम बनाउन राज्यले पनि व्यवसायीलाई सिप दिनुपर्ने बताए । उनीहरुले अटो मेकानिक्स र अटो व्यवसायीलाई असल नागरिकको परिचय दिन र राष्ट्र निर्माणमा सहयोग गर्न आफू लागिपरेको भन्दै राज्यले पनि सहयोग गर्नुपर्ने बताए ।

प्रतिक्रिया