मधेसका मुद्दा सम्बोधन गर्न सरकार प्रयत्नशील छ: मन्त्री खरेल

इनेप्लिज २०७२ मंसिर १२ गते ८:२० मा प्रकाशित

Agni-Kharelदमक, १२ मङ्सिर । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अग्नि खरेलले संविधान संशोधन गरेर संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका माग सम्बोधन गर्न सरकार तयार रहेको बताउनुभएको छ ।

प्रेस चौतारी नेपालले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बताउनुभयो । नेकपा (एमाले)का पोलिटब्युरो सदस्य खरेलले संविधान संशोधन गर्न आफ्नो पार्टी र सरकारका लागि आपत्तिजनक नभएको तर त्यो नै समाधान हो कि होइन भन्ने विषय महत्वपूर्ण भएको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “सरकार संविधान संशोधनमार्फत मधेसी मोर्चाका माग सम्बोधन गर्न तयार भए पनि मोर्चा वार्ताप्रति गम्भीर छैन ।” सडक र सीमामा बसेरमोर्चाले आन्दोलन गरे पनि त्यसले निकास नदिएको भन्दै मन्त्री खरेलले वार्ता र संवादकै माध्यमबाट मागहपूरा हुन्छन भन्नेमा विश्वास गर्न मोर्चालाई आग्रह गर्नुभयो ।

यसैबीच मन्त्री खरेलले आजै झापा गौरादह–७ महारानीझोडामा रहेको प्रहरी चौकी भवनको शिलान्यास गर्नुभएको छ । उहाँ सोही ठाउँका स्थायी बासिन्दा हुनुहुन्छ ।

भवन शिलान्यास गर्दै उहाँले शान्ति सुरक्षा र अमनचयन कायम राख्न सरकार प्रतिबद्ध रहेको जानकारी दिनुभयो । सो अवसरमा भवन बनाउन पाँच कठ्ठा जग्गा निःशुल्क प्रदान गर्नेे स्थानीयवासी गोपालदोर्जे लामा र भारती लामालाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया