अमेरिकामा हाकिम घगडान किन काम गर्दछन ?

इनेप्लिज २०७२ मंसिर १२ गते ०:०३ मा प्रकाशित

FullSizeRender (5)

काम ,अनि काम र फेरी पनि काम अमेरिकाको मूल सिद्धान्त l अन्य कुरामा विचार गर्न सक्छ तर काममा अमेरिका सम्झौता गर्दैन l अमेरिकाको काम सुर्योदय देखि सुर्यास्त सम्म कहिले सकिदैन l कुखुराको भालेको डाँक देखि मध्यरात सम्म काम नै काम l मानिसलाई कामको चटारोले बोल्न पनि फुर्सत नहुने देश अमेरिका l

काम गर्ने र हात ज्यादा चलाउनु पर्ने हुनाले निन्द्रामा पनि कामको चटारो भएको महसुस गरिन्छ l सपनामा पनि काम गरि रहेको पटक पटक देखिन्छ l विश्व भर बाट मानिस अमेरिका उज्ज्वल भविष्यको साथै कामको लागि जसरि भए पनि आउने सपना बोक्दछन l सपनाको संसार अमेरिका टेक्दछन् l अनि यहाँ बाट फुत्कन सक्दैनन् l कामको भारले यति बोझ दिएको हुन्छ कि अन्य बिकल्प र अन्य चिज सोच्ने फुर्सद नै हुदैन l

अन्य ठाउँमा तपाई भेटिनु हुन्छ तर अमेरिकामा काममा तल्लिन भए दुनिया बिर्सने हुन्छ l दाया बाया हेर्न फुर्सद पनि नहुने हुन्छ l अमेरिकाले काममा एकाग्रता माग्दछ l पल्याक पुलुक चल्दैन अमेरिकामा l काममा एकरुपता र शिघ्र कामले अमेरिकामा मानिसलाई कहाँबाट कहाँ पुर्याउदछ l अमेरिकामा चाकरीबाद चल्दैन l काम गर्नेलाई स्वीकार गरिन्छ भने काम चोरलाई अस्विकार गरिन्छ l

माना रोपी मुरी फलाउने कामदारको जय गरिन्छ l चुस्त र फुर्तिलो कामदारको भब्य सम्मान र ईज्जत गरिन्छ l जति काम गर्यो त्यति लक्ष्मी आउने l काम नै दुहुनो गाई जस्तो हुन्छ अमेरिकामा l जति खट्यो त्यति मुद्रा आउने l अहोरात्र काम गर्यो बोरामा बिटोका बिटो अमेरिकन मुद्रा l अनि किन काम नगर्ने ? घोटिएर काम गर्दा कालान्तरमा स्वर्ग जस्तो सुख हुने हुनाले अपहत्ते गरि काम गर्ने परम्परा छ l अमेरिकमा काममा छलकपट पनि हुन्छ l अपबाद ,बिकृति र विसंगतिले जहाँ पनि आश्रय पाएको हुन्छ l

जसरि भए पनि कामको चाजो मिलाएर अमेरिका भित्रे पछि प्राण नत्यागुन्जेल मानिस काम मै व्यस्त हुन्छन l नेपाली समुदाय पनि काममा सम्झौता गर्दैनन् l धेरै नेपाली काममा मन जितेर ठुलो पदमा पुगेका छन् l काममा रमाउने र काम मै जीवन समर्पण गर्दै मनुष्यको एक चोला कर्मभूमिमा तिलान्जली दिन्छन l किशोर अवस्था देखि वृद्ध अथवा सेवा निवृत्त अवस्था नहुन्जेल काममा सम्झौता गर्न मिल्दैन l सेवा निवृत्त पश्च्यात पनि अमेरिकामा अधिकांसले काम गरेको देखिन्छ l संचित न्युनतम भएकोले काम नगरी सुखै हुदैन l सन्तानले पाल्ने चलन हुदैन l बुढेश कालमा अमेरिकामा छोरोछोरी बेपत्ता हुन्छन l हाम्रा पुर्खाले टन्न धन सम्पत्ति अमेरिकामा संचित गरेका हुदैनन् l

सून्य बाट काम सुरु गर्ने प्रचलन हुन्छ l अधिकांसले दुई वटा सन्दुक लिएर अमेरिका पसेका हुन्छन l कामको लागि अमेरिका आएका सबैले कामलाई पूजा मान्दछन l नत्र मुखमा माड लगाउन हम्मे हम्मे हुन्छ l अमेरिकामा काममा राजनीति गफ हुदैन र गर्ने चलन हुदैन l अमेरिकामा कामदार भन्दा हाकिम घगडान काम गर्दछन l

जति पद माथि ,उति नै कामको बोझले हाकिम एक क्षण पनि खाली हुदैनन् l एकै छिन् बिश्राम नगरी कामको काममा तल्लिन हुन्छन l कामदार भन्दा हाकिम काममा ज्यादा भिडी रहेका देखिन्छन l हाकिम तथा प्रबन्धकले झन्डै कामदार भन्दा १.७ प्रतिसतले ज्यादा काम गर्ने एक सर्वेक्षणले देखाएको छ l

अमेरिकामा मुखिया ,बहिदार ,सुब्बा तथा अन्य पदका कामदार भन्दा उसका व्यवस्थापक ज्यादा काम गर्ने हुन्छन l अमेरिकामा हाटा (हाजिर गर्यो र टाप दियो) भन्ने कदापी चल्दैन l जागिर हत्केलामा हुन्छ l जोखिम हुन्छ l जति खेर पनि जागिर धर्मर अवस्थामा हुन्छ l अमेरिकामा काम नगरी मानिस बस्नै सक्दैनन् l काम नहुदा पनि केहि न केहि गर्ने चलन भएको हुन्छ l

खाली बस्दा नराम्रो मानिने हुन्छ l केहि नहुदा पनि केहि काम खोजेर भए पनि हात चलाई रहनु पर्ने हुन्छ l अमेरिका गएका नेपाली पनि त्यो कुरामा अवगत छन् l नेपाली समुदाय पनि बेजोड काम गर्नेमा कहलिञ्छन l नेपालीले पनि राम्रो छाप छोडेका छन् l काम गर्न नेपाली कामचोर हुदैनन् l अमेरिकामा तल्लो स्तरका कर्मचारी कामचोर देखिए पनि प्रबन्धक ,सुपरिवेक्षक र हाकिम कहिले कामचोर हुदैनन् l

अमेरिका पुगेका मानिस स्व स्फ्रुत रुपमा काममा ढलेका हुन्छन l आफुले के काम गर्ने हो भन्ने परिपाटी भएकोले धेरै काममा अराई रहनु नपर्ने हुन्छ l यान्त्रिक मानिस झैँ आफै काम गर्ने र काम फत्ते गर्ने अमेरिकामा गरिन्छ l कसैले काम चोरी गरे उसको सजायको भागिदार उ स्वयम हुने हुनाले त्यो कुराले ठुलो अर्थ लाग्ने हुन्छ l

त्यो कुराको ख्याल र बिचार गर्ने कामदार हुन्छन l काममा छल्ने र काममा लोसेपन भन्ने सवाल नै हुदैन अमेरिकामा l अमेरिकामा कामदारहरु काममा पूर्ण विश्वास गर्ने भएको र गुरुहरु नै कामचोर नहुने हुनाले अमेरिकाले हरेक क्षेत्रमा ठुलो विकास गरेको छ l यसको सप्रमाण नै अमेरिकाको चरम विकास हो l शताब्दी देखि नै मेहनत र कडा परिश्रमको तपस्या पछि अमेरिका -अमेरिका भएको हो l यसरि अमेरिकाले काचूली फेरेको हो l

प्रतिक्रिया