आइतबार, साउन १० २०७८
काठमाडौं ०४:४७
वासिङटन डिसी 19:02

जीवनको सबैभन्दा डरलाग्दो भयानक रात

इनेप्लिज २०७२ मंसिर ११ गते २१:५५ मा प्रकाशित

barsha-mallaजीवनका हरेक दुःख र सुखलाई प्रकृतिसँग तुलना गर्दै जसरी दिनपछि रात र रातपछि दिन आउँछ । त्यसैगरी नै सुखपछि दुःख र दुःखपछि सुख निश्चित छ भन्दै जीवनमा अगाडि बढ्दै गएँ । यदि कुनै दुःखको पीडाले बढिनै सताएमा सम्झन्छु कि बिहान हुनु भन्दा अगाडि एक चोटि रात झमक्क कालो भएपछि मात्र बिहानीको सुरुवात हुन्छ रे भन्दै आफूलाई सुखको निकट पुग्ने विश्वासले सम्हाल्दै आए तर, विडम्बना आज यो अन्धकार झन झन गाढा हुँदै गएको छ । त्यसै गरि मेरो पीडा पनि झन झन बल्झिदै गएको छ । कतै आज पुस पन्ध्रको लामो रात पो परे छ कि ? भनेर म मेरो हृदयघातबाट ग्रस्त मोबाईलको पावर बटन थित्छु । तर एक चोटिमा उसले पनि चाल गर्दै छैन । सायद मैले उसलाई एकछिन पनि आराम नदिएर चलाएको भएर पनि होला । ऊ थाकेर मस्त निन्द्रा छ । वा थकित छ । म उसको थकानलाई व्यवास्ता गर्दै फेरि फावर बटन थिच्छु । अब चाहि स्क्रिनमा लाईट बल्यो, तर मिति हेरेको त न महिना मिल्छ छ न त गते नै । अब त झन डरले मेरा हात खुट्टा काँपी रहेका छन् । ओठ मुख समेत सुक्न क्रम जारी छ । यो अन्धकारमा डरलाग्दा मच्छर र उडुसहरुले मेरो रगत चुसि रहेका छन् । मेरो रगत सुकाई रहेका छन् । त्यसैले यो पीडाबाट मुक्ति पाउन म यो अन्धकारको अन्तिम घडीको प्रतिक्षामा गरिरहेकी छु । साच्चिकै यो रात, यो अन्धकार, यो पीडा अरु रात, अरु अन्धकार र अरु पीडा भन्दा धेरै भयानक र डर लाग्दो छ । यो अन्धकारमा यहाँ भाईले दाईलाई र दाईले भाईलाई चिनिरहेको छैन् । छिमेकीले छिमेकीलाई साथ दिई रहेको छैन । छिन छिनमै निर्दोष जनताले ज्यान गुमाई रहेका छन् । अनाहकमा । तर, यहाँ अपराधीलाई कसैले देख्दैन । निर्दाेष जनताले यहाँ आफ्नो देश चिनिरहेका छैनन् । न त अर्काको देश छुट्याई रहेका छन् । नेपाली–भारतको सीमा नाघेर ढुंगा हान्छन् । भारतीयहरू नेपालको सीमा नाघेर गोली हान्छन् । यो सबै कुरा न सरकारले रोक्न खोजिरहेको न देख्न चाहान्छ । कानुन त आफैमा अन्धो हुन्छ रे झन उसले यो अन्धकारमा के देख्न सक्छ होला र ? कार्यान्वयन गर्ने त मानवले नै हो हाईन र ? यहाँ मर्ने मरेकै छन्, त मार्ने मारेकै छन् । पीडित दुःखी नै छन्, दोषी खुसी नै छन् । यहाँ कालोलाई सेतो र सेतोलाई कालो भन्नेहरूको भिड छ । त्यसैलाई सत्य ठान्छन सबैले । यो अन्धकारमा सबैले आफ्नो अनुहार बिर्सिरहेका छन् । पाप र कुकर्मले पोतिएको आफ्नो अनुहार ऐनाको दाग सम्झेर मेटाई रहेका छन् । आशा गर्छु बिहानीको किरण सक्दो छिटो उदाओस । हरेकले आफूलाई चिन्न धेरै ढिला नगरुन अन्यथा आफ्नो परिचय र पहिचान गुमाई सकेपछि यहाँ तँ को होस ..? भन्दा आत्मग्लानीका सातै मौनता मात्र रहने छ । हामी पनि किरा फट्यांग्रा, रुख बिरुवा, झार पात झै हुनेछौ । जो हिजो जन्मियौ हुर्कियौ र भोलि मर्ने छौ । पर्सि कुहिने छौ । अस्तित्व समाप्त हुने छ । …………. जीवनको सबै भन्दा डर लाग्दो भयानक रात अझ पनि बिहानको कुनै पत्तो छैन ।

प्रतिक्रिया