नेपालका वरिष्ठ गायक दिप श्रेष्ठ भिक्टोरियामा सम्मानित

इनेप्लिज २०७२ मंसिर १० गते ९:४० मा प्रकाशित

Consul-General-Victoria-650x366भिक्टोरिया । भिक्टोरियामा रहेको नेपाली महावाणिज्यदूतको कार्यालयले अष्ट्रेलिया भ्रमणमा रहनुभएका गायक दिप श्रेष्ठलाई सम्मान गरेको छ । भिक्टोरियाका लागि नेपाली अवैतनिक महावाणिज्यदूत चन्द्र योञ्जनले बुधबार एक समारोहको आयोजना गरी उहाँलाई स्वागत र सम्मान गर्नुभएको हो । महावाणिज्यदूतको कार्यालयमा आयोजना गरिएको संक्षिप्त कार्यक्रममा स्वागत गर्दै महावाणिज्यदूत योञ्जनले नेपाली संगीत क्षेत्रलाई उत्कृष्ट योगदान दिनुभएका श्रेष्ठलाई मेलबर्नमा फेरि स्वागत गर्न पाउनु खुशीको कुरा हो भन्नुभयो । उहाँले आगामी दिनमा पनि गायक श्रेष्ठले अनवरत रुपमा नेपाली गीत संगीतको क्षेत्रमा लागि नेपाली संगीतलाई सम्बृद्ध बनाउने अभियानलाई अघि बढाउन शुभकामना दिनुभयो । कार्यक्रममा गायक श्रेष्ठले आफूले पाएको न्यानो आतिथ्यले गौरव अनुभूति भएको बताउनुभयो । नेपाली जहाँ भएपनि नेपाली मनले स्वागत गर्दा प्रफुल्लित बनेको उहाँको भनाई थियो । भिक्टोरियाका लािग अवैतनिक महावाणिज्यदूत चन्द्र योञ्जनले बुधबार साँझ नै वरिष्ठ गायक दिप श्रेष्ठको सम्मानमा रात्रीभोजको आयोजना गर्नुभएको थियो । कार्यक्रममा गायक श्रेष्ठलाई सम्मानपत्र हस्तान्तरण गरिएको थियो । यसैगरी नेप्लीज एशोसिएसन अफ भिक्टोरिया न्याभका अध्यक्ष सुधिर शाक्यले पनि वरिष्ठ संगीत साधक श्रेष्ठलाई सम्मान गर्न पाउनु खुशीको कुरा हो भन्दै मायाको चिनो र सम्मानपत्र हस्तान्तरण गर्नुभएको थियो । बुमराङ फर्किएर आउने भएकोले फेरि पनि मेलबर्नमा आउने निम्तोको रुपमा आफूले बुमराङ दिएको शाक्यले बताउनुभयो । कार्यक्रममा समाजका अगुवा जोग लिम्बु, बम योञ्जन, एनआरएन भिक्टोरियाका संयोजक केशव कँडेल लगायत ३० जनाभन्दा बढीको उपस्थिति थियो ।

प्रतिक्रिया