झापामा बगर खेती

इनेप्लिज २०७२ मंसिर १० गते ३:०५ मा प्रकाशित

1703c378916605dae49d3cce6c236c8aभद्रपुर, ९ मङ्सिर । नदीको बगरलाई उच्चतम प्रयोग गरी त्यसमा उत्पादन हुने बाली लगाउन सके मनग्य आम्दानी गर्न सकिने छ ।

झापाका माईधार, मावा, विरिङ, मेची र देउनिया नदीको बगरमा न्यून आर्थिकस्तरका कृषकले जग्गा भाडामा लिएर काँक्रा, लौका, खरबुजा, फर्सी र करेला जस्ता वस्तुको केही वर्षदेखि खेती गर्दै आएका छन् ।

तराईका २१ जिल्लाका ६५ नदीमा करिब ६८ हजार हेक्टर जग्गा बगर छ । तर यति धेरै क्षेत्र भए पनि करिब एक हजार ३०० हेक्टर जग्गामा मात्र खेती हुने गरेको हेल्भेटास नेपालका संयोजक प्रसाद क्षेत्रीले जानकारी दिनुभयो । सामान्यतया बगर खेती माघदेखि सुरु भई वैशाख अन्तिमसम्म सुख्खा समयमा हुने गर्छ ।

नदी नजिकैका बगरमा त प्याज खेती पनि गर्न सकिने भएकाले बगर खेती पनि रोजगारी र आम्दानीका स्रोतका रुपमा लिन सकिन्छ । गर्मीको मौसममा खरबुजा वा तरबुजा निकै स्वादिलो र रसिलो हुने भएकाले यसलाई मरुभूमिको हिरा मानिएको छ । देशभरमा बगर खेतीमा करिब पाँच हजार ९५० कृषक संलग्न छन् ।

अहिले बगर खेती लगाउने समयमा कृषकहरु आआफ्ना खेत तयार गर्ने र त्यसमा लगाउने बालीको बीउ र बिजन खोज्ने कार्यमा जुटेका छन् ।

प्रतिक्रिया