बस र कारमा आगजनी
इनेप्लिज
२०७२ मंसिर ९ गते २:५४ मा प्रकाशित
लहान, ९ मङ्सिर । लहान मेनरोड पूर्व बसपार्क नजिक गए राति एक रात्रिबस र एक कारमा अज्ञात समूहले आगो लगाएको छ ।
ना५ख ९४४९ नंको बस र ग१च ५६३७ नंको मारुती कारलाई आगो लगाइएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।
बस र कार बसपार्कमा रोकिएको थियो । अहिले घटनाको जिम्मा कसैले लिएका छैनन् ।
प्रतिक्रिया