अमेरिकामा हातखुट्टा भाँचिदा पनि काममा धरै नपाईने ?

इनेप्लिज २०७२ मंसिर ७ गते २३:५८ मा प्रकाशित

bijay edited picture.jpg 2

अमेरिकामा मानिस स्वस्थ बन्न चाहन्छन l र, सधै तन्दुरुस्त हुन् बिभिन्न उपायको खोजीमा हुन्छन l स्वस्थ र चोट पटक भने पछि निकै संबेदनशिल तथा चनाखो हुन्छन l

अमेरिकामा पनि अल्छीपनको कारण मानिस निकै बिरामी पर्ने पनि आँकडाले देखाएको छ l अमेरिकाको खानपिनको कारण मानिस अस्वस्थ पनि निकै मात्रामा हुने देखिएको छ l अमेरिकामा कमाउने रहरले गर्दा मानिस दौडादौड गर्दछन l अमेरिकामा मात्र हैन विश्व भरि नै त्यस्तै रोग लागेको छ मानिसलाई l

तर अमेरिकामा अलिकति फरक छ l अमेरिकन मूद्राको बजार भाउ सदैब चुलिएको हुन्छ l अमेरिकन डलरको कुनै मूद्रा संग तुलना नै हुदैन l अमेरिकामा काम गरे पछि मात्र डलर फल्ने हुनाले कामको चापले मानिसलाई शिथिल बनाई दिन्छ l

तर यसो भन्दैमा मानिस दौडन र कमाउन भनि पछि हट्ने हुदैनन् l अमेरिकामा कमाउने मुख्य मानिस सदैब आफ्नो शरीरलाई केहि होस् भन्ने चाहना राख्दछन l

कमाउने मानिस आकस्मिक बिरामी पर्यो भने जहाज डुब्ने सम्भावना हुन्छ l झन् चोट पटक लाग्यो र काम गर्न कठिनाई पर्यो भने झन् आपत l क्षणिक समयको लागि केहि स्वास फेर्न पाईएला तर अलिक लामो बिश्राम भने कल्पना पनि गर्न पाइदैन l

हातखुट्टामा असर गयो भने निकै ठुलो क्षति बेहोर्नु पर्ने हुन्छ l तसर्थ अमेरिकामा हरेक बर्ष र पटक पटक स्वास्थ्य सम्बन्धि जचाई रहेका हुन्छन l तन्दुरुस्त हुन् जरुरि हुन्छ l स्वास्थ्यको राम्रो ख्याल गर्नु पर्छ नत्र ठुलो खाडलमा पर्ने ज्यादा सम्भावना हुन्छ l अमेरिकामा काल भनेको नै ३० बर्षे घरको थाप्लोको ऋण l

हात खुट्टा भाचियो र टुट्यो भने बर्बाद हुने सम्भावना हुन्छ l कसरि तिर्ने साहुको ऋण l हात खुट्टा भाचिएको छ भनि सहानुभूति राख्दैन बैंकले l बरु लिलाम र घर पनि छोड्नु पर्ने अवस्था आई लाग्दछ l त्यो नै टाउको दुखाइ हुन्छ l

हात खुटा भाचिएको छ भाका राख्न पनि पाइदैन l बैंकले मान्दैन l ताकिता गरेको गरै गर्छ l ३ दशके ऋण नतिरे पानी मुनि लुके पनि ३० बर्षे ऋण मिनाहा हुदैन l १ महिना पनि मिनाहा हुदैन l जसरि भए पनि तिर्नु पर्ने हुन्छ l काम गर्ने लाठे मानिस स्वयम् थला पर्यो भने कसरि थाप्लोको ऋण तिर्ने ? कसले आफ्नो ऋण तिरी दिने ?

अलिअलि भए समस्या समाधान हुन्थ्यो होला l तर ,राम ! राम ! ३ दशक सम्म तिरेको तिरै गर्नु पर्ने l घाटीमा अठ्याएको अठ्यायै गर्छ ३० बर्षे किस्ता बन्दिले l

अमेरिकामा साथीभाई र आफन्त संग सापटी मागेर घरको ऋण तिर्ने भन्ने पटक्कै हुदैन l ऋण दिनेको पनि ३० बर्षे किस्ताबन्दी तिर्नु पर्ने हुन्छ l अनि कसरि सापट या पैचो लिने ? त्यो पनि अमेरिकामा l त्यो लिन काशीमा मुख धुएर आउनु पर्ने हुन्छ l

सामान्य बिरामी परे एक दुई दिन गयल भएर भए पनि काम चल्छ l तर हातखुट्टा नै अप्ठ्यारो परे र बिना तलब घर बसे कसरि घर संचालन गर्ने ? त्यो मुख्य समस्या भै दिन्छ अमेरिकामा l बेतलबी बिदा बस्ने चलन एकदम न्युनतम हुन्छ lअमेरिकामा तलब नआए पछि कसरि घरको बिबिध खर्च चलाउने ? एक त बिरामी भै थला परेको दोश्रो अन्य खर्च तिरेको तिरै गर्नु पर्ने बाध्यता ?

अमेरिकामा हात या खुट्टा भाचियो या टुट्यो भने पनि काममा दुई चार दिनमा कर्मचारी टुप्लुक्क आई पुग्दछन l र काम सुरु गर्न थाल्दछन l एक हातले भए पनि काम गर्ने बातावरण बनाउदछन l दाहिने हात भाचिए देब्रे र देब्रे हात भाचिए दाहिनेले काम गर्न थाल्दछन l

व्यवस्थापनले पनि हात या खुट्टा भाचिएको कर्मचारीलाई त्यहि अनुसारको काम को बाँड फाँड गरि दिन्छन l खुट्टा भाचिएर बैशाखी लगाएर पनि काम गर्न आउदछन l धरै छैन l हात खुट्टा भाचिएको कर्मचारीले आनन्द घरमा बसी तास खेल्दैनन l चिकित्सकले धेरै लामो बिदाको लागि सिफारिस गर्दैनन् l

स्वयम् चिकित्सकलाई अमेरिकामा ३० बर्षे थाप्लो को ऋण बारे राम्रो ज्ञान हुन्छ l कामदार पनि घरमा बसी चलचित्र हेरी समय बिताउने गर्ने बिचार गर्दैनन l कामदार काम फर्कन चाहना राख्दछन l काममा आउन बाध्य पनि हुन्छन l खुट्टा भाचिएको २-४ दिनमा नै काममा आएर सक्ने प्रकारको काम गर्ने चलनले गर्दा काममा आउने चलन छ अमेरिकामा l

यो सबैको कारण नै ३० बर्षे किस्ता बन्दि र घरखर्चको व्यवस्थापन l नेपाल जस्तो हात खुट्टा भाचिदा महिनौ दिन सम्मा आराम गर्ने भन्ने प्रचलन नै हुदैन l किनभने नेपालमा ३० बर्षे किस्ता बन्दीको झन्झटबाट मुक्त हुन्छन होला l आफ्नै देश भएकोले आफ्नो खेतीपाती ,पुर्खौली सम्पत्ति तथा आम्दानी पनि हुन् सक्दछ l त्यसले खर्च पनि धान्न सक्दछ l ऋण पनि सापट पाईएला l

हात खुट्टा भाचिएमा काममा बिदा मागी आनन्द घरमा बसी दिन पनि काट्न सकिएला l मिठो मसिनो खाएर पनि दैनिकी गुजारा गर्न सकिएला नेपालमा l

नेपालमा ३० बर्षे ऋणको भार औसतमा बोकेका हुदैनन् l तर अमेरिकामा ३० बर्षे ऋणले गिदी नै थिलथिलो बनाई दिएको हुन्छ l बेतलबी भन्ने बितिकै सातो लिन्छ l आम्दानी भएन भने रातमा निन्द्रा कम पर्दछ l सपनामा पनि त्यहि ३० बर्षेले घच घचाई रहेको हुन्छ l

अमेरिकामा हात भाचिएको भए पट्टि लगाएर र खुट्टा भाचिएको छ भने पनि बैसाखी टेकेर भए पनि काममा आउनको पछाडी त्यहि मस्तिष्कले बोकेको ३ दशके किस्ताबन्दी नै हो भन्दा अतिसयोक्ति नहोला l यसमा शंका गर्नु पर्ने कुनै ठाउँ नै छैन l जे सोचे र जे सम्झे पनि अमेरिकाको कटु सत्य र यथार्थता l

प्रतिक्रिया