नेपाली जनसम्पर्क समिति बेलायतको बैठक सम्पन्न ।

इनेप्लिज २०७२ मंसिर ७ गते २२:१२ मा प्रकाशित

Jana sampark samiti Belayatलन्डन मंसीर ८ । नेपाली जनसम्पर्क समिति बेलायतको पूर्ण बैठक सम्पन्न भएको छ । सभापति लोक गुरुङको सभापतित्वमा लन्डनस्थित नेपाली रेष्टुरेन्ट रारामा सम्पन्न बैठकले बिभिन्न निर्णय गरेको छ । बैठकले नेपाली काँग्रेसको विधान संशोधनका लागि सुझाव संकलन गर्न विधान सुझाव संकलन समिति गठन गरेको छ । महामन्त्री राजकुमार त्रिपाठीको संयोजकत्वमा गठित समितिले बेलायतस्थित नेपाली कांग्रेस समर्थक नेता तथा कार्यकर्ताबाट सुझाव संकलन गर्ने निर्णय गरेको छ । यसअघि नेपाली कांग्रेस केन्द्रीय समितिले सबै जनसम्पर्क समितिसँग सुझाव मागेको थियो । सो समितिलाई पूर्णता दिने अधिकार त्रिपाठीलाई नै दिने बैठकले निर्णय गरेको छ ।

बैठक नेपाली जनसम्पर्क समिति बेलायतको खनाल पक्षसँग भएको एकता पछि पहिलो पटक बसेको हो । बैठकमा अधिकांस पदाधिकारी लगायत उपसभापति युवराज गुरुङ, हिमाल गुरुङ, महामन्त्रीद्धय शिव तिमिल्सीना, राजकुमार त्रिपाठी, मिन रानाभात, तर्क जंग गुरुङ, तस्विर लामा, प्रबक्ता प्रवेश केसी, सूर्य तामाङ, कुष्ण गुरुङ, साथै आमन्त्रीत सदस्यहरु प्रताप रायमाझी, रेशम रायमाझी, चन्द्रकला थापा, धिरज राई, भिम राई,श्रीमति भगवती रानाभाट, , श्रीमति कमला गुरुङ, श्रीमति देवि गुरुङ लगायतको उपस्थिती रहेको थियो ।
परराष्ट मन्त्रालय बेलायतको निमन्त्रणामा आइतवार बेलायत आउनु भएका नेपाली कांग्रेसका युवा नेता,नेपाल तरुण दलका सभापति तथा सांसद उदय शम्शेर राणालाई लन्डनस्थित हित्रो विमानस्थलमा स्वागत गरिएको थियो । समितिका उपसभापति युवराज गुरुङ, महामन्त्री राजकुमार त्रिपाठी लगायत समितिका सदस्यहरु विमानस्थलमै राणालाई स्वागत गर्न पुगेका थिए ।
अगामि शनिवार २८ नोभेम्बर २०१५मा लन्डनस्थित नेपाली रेष्टुरेन्ट रारामा सांसद उदय सम्शेर राणालाई स्वागत तथा सम्मान कार्यक्रमको आयोजना गर्ने बैठकले निर्णय गरेको छ । बेलायतबासी सम्पूर्ण लोकतान्त्रिकबादीहरुलाई उक्त कार्यक्रममा उपस्थित हुन जनसम्पर्क समितिले आग्रह गरेको छ ।

प्रतिक्रिया