वार्ताद्वारा समस्या समाधान हुन्छ: उपप्रम रावल

इनेप्लिज २०७२ मंसिर ४ गते १३:०५ मा प्रकाशित

bhim-rawalधनगढी, ४ मङ्सिर । उपप्रधानमन्त्री भीमबहादुर रावलले अघोषित नाकाबन्दीका कारण भएको इन्धनलगायत वस्तु अभावको समस्या वार्ताद्वारा समाधान गर्न पहल भइरहेको बताउनुभएको छ ।

यहाँ आज आयोजित कार्यक्रममा उपप्रधानमन्त्री रावलले अघोषित नाकाबन्दीका कारण उत्पन्न अभावको समस्या हटाउन प्रधानमन्त्रीले उच्चस्तरमा छलफल गरिरहनुभएको जानकारी दिनुभयो । चीनसँग व्यापार सम्झौता गर्ने तयारी सरकारले गरिसकेको बताउँदै उहाँले व्यापार सम्झौता कुनै देशविरुद्ध नभई सार्वभौम नेपालको अधिकारको विषय हो भन्नुभयो ।

अमानवीय नाकाबन्दीे तुरन्त हट्नुपर्ने उल्लेख गर्दै उहांँले वैकल्पिक व्यवस्था गरेर भए पनि अहिलेको अभावको समस्या समाधान गर्न सरकार प्रतिबद्ध छ भन्नुभयो । उहाँले सीमाङ्कन र प्रदेश सङ्ख्याका कुरा एकै चौटि संसारमा कही पनि नटुङ्गिएको उल्लेख गर्दै भविष्यमा जनादेश र आवश्यकताबमोजिम यसमा हेरफेर हुन सक्ने बताउनुभयो ।

प्रतिक्रिया