टेक्सासको ड्यालसमा नयां संविधान अवसर र चुनौती वारे गोष्ठीको आयोजना हुने, डा शशांक कोइराला मुख्य वक्ता

इनेप्लिज २०७२ मंसिर ४ गते २:४३ मा प्रकाशित

1509729_10152272670881754_1566108960_n

नेपालमा नयां संविधान आए पछिका अवसर र चुनौती के कस्ता छन यसवारे टेक्सासको ड्यालसमा नयां संविधान चुनौती र अवसरका विषयमा बृहत छलफल कार्यक्रम गोष्ठी आयोजना गरिने भएको छ । यही नोभेम्वर २८ शनिवार दिउसो हुने उक्त कार्यक्रममा मुख्य वक्तामा नेपाली कांग्रेसका नेता तथा सांसद डा शंशाक कोइराला हुनु हुने छ । यसका लागि डा. शशांक आउने साता अमेरिका आउने कार्यक्रम छ ।

नेपालमा नयां संविधान आएपछि आएका अवसरहरु के कस्ता छन् र विदेशमा वस्ने नेपालीले यसमा कसरी सहभागिता जनाउन सकिन्छ यसवारेमा गोष्ठीमा छलफल हुने आयोजक नेपाल जनसम्पर्क समिति वेस्ट टेक्सासका अध्यक्ष हरिबोल भण्डारीले हिमालय खबरलाई जानकारी दिए । उक्त अवसरमा नेपालमा आएको महाभुकम्पवाट प्रभावित गागल फेदी निम्न माध्यामिक विद्यालय लगायत अन्य स्कुलको पुर्ननिमार्णका लागि सहयोग संकलन पनि गरिने भण्डारीले वताए ।

गोष्ठीमा टेक्सासका विभिन्न संघ संस्थाहरुको पनि सहभागीता हुने छ । विदेशमा सिकेको जानेको र आर्जन गरेको ज्ञान, सीप र पुंजी नेपालमा लगानी गर्न चाहनेहरु थुप्रै हुनुहुन्छ यस्तो समुदायलाई कसरी त्यहां सम्म पुर्याउने यसवारेमा छलफल गर्ने हाम्रो मुख्य उद्देश्य हो भण्डारीले भने, हामी इच्छुक सवै नेपाली समुदायलाई सकृय सहभागिताका लागि आमन्त्रण गर्छौ । गोष्ठीमा छलफललाई दुई भागमा बांडिएको छ । पहिलो चरणमा छलफल कार्यक्रम हुने छ र सांझ च्यारेटी डिनरको आयोजना गरिने आयोजकले जनाएका छन् । च्यारेटी डिनरवाट उठेको सवै रकम भुकम्प प्रभावित स्कुल वनाउन नेपाल पठाइने छ ।photo

प्रतिक्रिया