के म पनि उसको अगाडि कपाल कनाएर हिडौ त म ?

इनेप्लिज २०७२ मंसिर ३ गते १९:५१ मा प्रकाशित

chitra-bd-kc-2-1024x683बामपन्थी राजनीतिमा अधिकांश चर्चित बामपन्थी नेताहरुका पनि गुरुको रुपमा रहेका सदा जीवन शैलीका कारण सबैको माया पाउन सफल उपप्रधानम तथा सहकारी एवम् गरिबी निवारण मन्त्री चित्रबहादुर केसी जे देख्यो त्यही बोल्ने स्पष्ट बक्त राजनीतिञको रुपमा नेपाली राजनीतिमा परिचित नाम हो । पटक पटक अवसर आउँदा पनि सरकारमा सहभागि नभई रहनु भएका केसी यस पटक सरकारमा सहभागि हुनु हुनु भएको छ । उहाँ अहिलेको नेपाल भारत सम्बन्ध, मधेस आन्दोलन र तीनका माग लगायतका विषयमा के भन्नु हुन्छ त उहाँसँग पत्रकार ऋषि धमलाले गरेको कुराकानी

प्रधानमन्त्रीको संबोधनले समस्या समाधान गर्छ कि झन बल्झाउँछ ?
सरकार प्रमुखले गर्ने संबोधन राष्ट्रको समस्या समाधानकोलागि हुन्छ, बल्झाउन हुँदैन ।

तर मधेसी मोर्चाले त प्रधानमन्त्रीको संबोधनप्रति हल्का फुल्का टिप्पणी गरे नि ?
हल्क फुल्का टिप्पणी त उहाँहरुले पहिला देखिनै गर्नु भएको छ। नेपाली जनतालाई यसको खाल्को संकट र आपत विपत पारेर उहाँहरु रमिते बनेर तमासा हेरिरहनु भएको छ । त्यो राम्रो कुरा होईन ।

प्रधानमन्त्रीले संबोधन होईन, समस्या समाधानको लागि एक्सन पो गर्ने हो त ?
प्रधानमन्त्रीको ठाँउमा तपाई नै प्रधानमन्त्री भएर मैले प्रश्न गरेको भए तपाईले अहिलेको समस्या कसरी समाधान गर्नु हुन्थ्यो ?

सरकारले त समाधानको लागि धेरै विकल्पहरु दिन सक्छ नि ?
विकल्प दिन प्रयत्नहरु भईरहेको छ ।

तर परिणाम केही आएन, चीनसँग ईन्धन सम्झौता गर्नु भयो तर उ मौन बसेको छ ?
चीनले आफूले दिन सक्ने पेट्रोलियम पदार्थ दिईरहेको छ र ग्यास पनि दिने कुरामा छलफल भईरहेको छ । यति लामो समयसम्म एका तिरमात्रै कारोवार गर्ने । एक्कासी यस्तो अवस्था सृजना भयो अनि रातारात विकल्प कसरी तयार हुन्छ त ।

अखवारहरुले त प्रधानमन्त्रीसँग कि पद त्याग कि झुक्नुको विकल्प छैन भनेर लेख्न थाले ?
देशको सार्वभौमसत्ता र अखण्डतलाई बलिदान दिएर लम्पसार पर्ने गरेर नै मुलुकले आज यो भोगेको हो । त्यसकारण हामीले ईतिहासबाट गंभिर पाठ सिक्नु पर्छ । लम्पसार पर्ने होईन । अब देशको स्वाभिमान बचाउनको लागि सबै प्रकारको कठिनाई, विपत्ति सहेर पनि मुलुक बचाउनु पर्छ । मुलुक जोगिएपछि अहिलेका कठिनाईहरुको सामना नेपाली जनताले गर्न सक्छन ।

भारतसँगको चिसोपन दिनानु दिन बढीरहेको बेला तपाईहरुले यो मुलुकलाई निकास कसरी दिनु हुन्छ ?
भारतसँगको सम्बन्ध नेपालीहरुले विगारेको हो कि स्वयम भारतले नेपालीहरुको अन्तर्राष्ट्रिय अधिकार पारवहन सुविधालाई छेकेर यस खालको आपत विपत्त सृजना गरेर नेपालीहरुमाथि ल्याएको विपत्ति हो । त्यो त सबैले जानेको छ नि ।

तर कुटनीतिज्ञहरु तपाईहरुकै कारण यो समस्या आएको हो भन्छन नि ?
कस्ले के भन्छन भन्ने कुरा होईन । यथार्थ र सटिक कुरा के हो नेपाली जनताले बुझेका छन । सारा संसारले बुझेका छन । सार्वभौमसत्ता सम्पन्न राष्ट्र नेपाल माथि अन्तर्राष्ट्रिय पारवहन अधिकारलाई छेकेर जुन खालको अमानवीय ब्यवहार भईरहेको छ छिमेकीबाट । यो त कसैले भनेर, कसैले एकहोरो घोकाएर, कसैले संसार र नेपाली जनतालाई भ्रम पारेर केही दिन हो हत्केलाले सूर्यलाई छेकेर धेरै समय छेक्न सकिदैन ।

भारतसँगको सम्बन्ध सुधारमा प्रयास भन्दा पनि गाली गर्ने काम मात्रै भईरहेको छ नि ?
हामीले केही गाली गरेका छैनौ । हामीले भु उपरिवेष्ठित राष्ट्रको समुन्द्रसम्म जानको लागि जुन अन्तर्राष्ट्रिय अधिकार हो त्यो स्वयम भारतलाई थाहाँ छ । विश्वभरीका भुपरिबेष्ठित राष्ट्रहरुले त्यो अधिकार उपयोग गरिरहेका छन । हामीमाथि जुन नाकाबन्दी गरिएको छ । समुन्द्र तटसम्म जाने जुन अधिकार रोकिएको छ । विदेशी भूमिबाट आएको सामान भारतीय भूमिमा छेकेर राखिएको छ । त्यो त साधारण राजनीति नगर्ने खेताला, गोठालालाई पनि थाहाँ छ । त्यो कुरा हामीले भनिरहनु पर्दैन । अन्तर्राष्ट्रिय अधिकार, पारवहन अधिकार, दुई देशवीचको मैत्रिपूर्ण सम्बन्ध छ यसलाई कायम राख्नु पर्छ भन्नु हाम्रो नाजायत कुरा होईन । त्यसो भन्दा भारतमाथि गाली गरेको, सम्बन्ध विगार्न खोजेको हुँदैन ।

तपाईले भारतले हाम्रो राष्ट्रियतामाथि आक्रमण गरिरहेको छ र मधेस र पहाड छुट्याएर प्रदेश बनाए नेपाल नै रहँदैन भनिरहनु भएको छ ?
मैले त्यस्तो गरेको छैन भने पनि नेपाली जनताले पत्याउँदैनन । अहिलेको राज्यको पुर्नसंरचना गर्दा खेरी जुन खाल्को अड्डी र जिद्दिहरु भईरहेको छ, जुन किसिमले हलो अड्काएर गोरु चुट्ने काम भईरहेको छ । नेपाली जनतालाई यस खाल्को संकटमा पार्ने काम भएको छ । मैले पारेको छैन, यो हुँदै होईन अनावश्यक कुरा हो भनेर यदि मैले भने भने कसैको चाकरी गर्नकोलागि, कसैलाई खुसी पार्नको लागि, कसैको दलाली गरे भने नेपाली जनताले स्याबास उपप्रधानमन्त्री भएको चित्रबहादुर केसीले जायज कुरा गर्यो भन्लान त ?

उपप्रधानमन्त्री जस्तो ब्यक्तिले कुटनीतिक मर्यादा पनि राख्नु पर्ला नि ?
मैले कुटनीतिक रुपमा आफ्नो ठाँउबाट जे नेपाली जनताले भोगिरहेका छन, संकट आपत्त विपत्त, अन्तर्राष्ट्रिय अधिकार समेत हनन भएर देशको राष्ट्रियता, सार्वभौमता र अखण्डतामाथि सिमित गर्ने, हस्तक्षेप गर्ने जुन खाल्को गतिविधी भएको छ । त्यसलाई नेपाली जनताले बुझ्ने भाषामा मैले भन्न पाउदिन र ? मेरो बोल्ने अधिकार हुँदैन ?

तपाई सरकारमा हुनु हुन्छ, पहिला जस्तो बोल्न त पाउनु हुन्न नि ?
सरकार बाहिर हुँदा एउटा कुरा गर्ने अनि सरकारमा गए पछि दलाली गर्ने, चाकडी गर्ने, झुठो कुरा गर्ने, नक्कली कुरा गर्ने, जनतालाई भ्रममा पार्ने अनि जसले अन्याय गरेको छ, अत्यचार गरेको छ, थिचेको छ उसको अगाडि चाँही कपाल कनाएर हिडु म ?

तपाईले त अब पार्टीको होईन, देशको एजेण्डा बोल्ने होईन ?
देशकै एजेण्डा हो यो । देशको राष्ट्रियता, सार्वभौमता, अखण्डता र स्वाभिमानमा जुन ठेस लागेको छ त्यो देशको, नेपाली जनताको एजेण्डा होईन र ?
राष्ट्रिय जनमोर्चाको अध्यक्ष होईन, देशको उपप्रधानमन्त्रीको नाताले भनि दिनुस भारतले नाकाबन्दी लगाएको हो कि होईन ?
भारतले आज के गरिरहेको छ , नेपाली जनतालाई जुन खाल्को भयावह स्थिति सृजना गरिरहेको छ ऋषि धमलालाई यो जानकारी छैन र ?
तपाईकै सरकारका उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले त भारतले नाकाबन्दी लगाएको कुरा भन्न सक्नु भएको छैन नि ?
त्यो कुरा त कमल थापालाई सोध्ने हो नि । मैले कमल थापाले यस्तो भन्नु पर्दथ्यो भनेर भन्ने होईन । तपाईले कमल थापासँग अन्र्तबार्ता लिन पनि जान्नु भएको छ , लिई पनि रहनु भएको छ । तपाईले सोध्नु पर्दथ्यो नि किन तपाईले यस्तो शब्द प्रयोग गरिरहनु भएको छ , नाकाबन्दी हो भनेर किन भन्न सक्नु हुन्न ? उहाँलाई सोध्नु होस ।

भारतलाई हेर्ने दृष्टिकोणमा सरकार पनि विभाजित छ ?
विभाजित छैनौ, सबै यो कुरामा सहमत छौ कि भारतले आज नेपाली जनतामाथि नेपाल राष्ट्रमाथि जुन खाल्को ब्यवहार गरिरहेकोक छ । यो न्यायोचित काम होईन, यो गलत हो, नेपालीको पारवहन र बाटो पाउने अधिकार कसैले गर्यो भन्दा खोसिने र गरेको छैन भन्दा कायम हुने हुँदैन । सरासर हामीमाथि अन्याय भएको छ, अत्याचार भएको छ , नगर्ने काम भएको छ । यसखाले अत्याचारलाई लुकाउन बेलायतसँग मिलेर मोदीजीले जुन बक्तब्य निकाल्नु भएको छ त्यो झनै आपत्ति जनक छ । त्यो गलत हो यसखाले ब्यवहार गर्न मिल्दैन ।

नेपालको विषयमा बेलायत र भारतको त कुरा मिल्यो नि ?
मिल्यो, त्यो मिल्नु गलत हो । नेपाल र राष्ट्र संघको कुरा पनि मिल्यो नि त । राष्ट्र संघले पनि नेपालमा यस किसिमको नाकाबन्दी गर्नु हुँदैन भनेको छ , हामीले पनि त्यस्तै भनेको छ ।

राष्ट्र संघको कुरा भारतले सुन्ला ?
कसैको कुरा कसैले सुन्न पर्दैन भने त त्यो बेग्लै कुरा हो । तर नेपाली जनताको कुरा सारा सन्सारले सुनेको छ, देखेको छ । नेपाली जनतामाथि भएको घोर अन्यायबाट संसार बेखवर छैन ।

छ जना उपप्रधानमन्त्रीका आ आफ्नै कुरा छन कस्को विश्वास गर्ने ?
नेपाली जनताले कस्ले के बोलेको छ, को कति पानीमा छन भन्ने कुरा हेरिरहेका छन, सुनिरहेका छन तपाई र मैले बसेर फैसला गर्ने होईन । नेपालमा नाक मुखमा पानी पर्ने गरी जुन किसिमको अन्याय भईरहेको छ त्यसमा क कस्ले के बोलेका छन यथार्थ के हो बुझेका छन । ज्यालादारी मजदुरले के भोगिरहेको छ, अस्पतालमा साधारण औषधी नपाएर नेपाली जनताले कस्तो किसिमको कष्ट भोगिरहेका छन त्यो कुरा हामी सरकारमा बसेकाले के भन्छन त्यसकै आधारमा फैसला हुने कुरा होईन । जनताले बुझीरहेका छन, फैसला गरिरहेका छन । सत्तामा बस्ने भन्दा पनि सडकमा हिड्नेलाई सोध्नुस न त्यसले के भन्छ ?

सीमांकनमा परिवर्तन हुन सक्छ भनेर प्रधानमन्त्रीले भन्नु भएको छ, तपाई के भन्नु हुन्छ ?
सीमांकन, संबैधानिक तरिकाले देशको राष्ट्रियता, सार्वभौमता र अखण्डतामा तलमाथि नहुने गरी नेपालको राज्य पुर्नसंरचना गर्नेकुरा त नेपालीहरुको हो । पुर्नसंरचना गर्दा कस्लाई सोर्याक पर्छ कस्लाई सोर्याक पर्दैन भनेर हामीले सीमांकन गर्ने होईन । राज्यको पुर्नसंरचन गर्ने नेपाल र नेपालीको काम हो । अरुको स्वार्थ पुरा गर्ने गरी राज्यको पुर्नसंरचना गर्न सकिदैन ।

झापादेखि कञ्चनपुरसम्मको मधेस प्रदेश बनाउन तयार हुनु हुन्न ?
तयार नभएको कुरा त तपाईलाई पहिला देखि नै थाहाँ छ नि अहिले सोधिरहनु पर्दैन । पाँच जिल्ला मधेसमा हालेर पहाडबाट मधेस अलग गर्ने कुरामा नेपाली जनता कोही पनि सहमत छैनन ।

प्रतिक्रिया