वाशिङटन डिसी“मा छठ पर्ब” समापन

इनेप्लिज २०७२ मंसिर ३ गते २:३२ मा प्रकाशित

अमेरिकाको डिसी महानगर क्षेत्र को भर्जिनियाको प्रख्यात शहर स्टर लिङ्ग स्थित पोटोम्याक नदीको किनारमा नेपालबाट अमेरिका आएका तराई मधेसका बिभिन्न जिल्लाहरुका तराई नेपाली समुदायको पहलमा नेपाललाई झझल्को ल्याउने गरि भव्यताको साथ छठ पर्व मनाएका छन् l

पोटोम्याक नदी किनारलाई छठमय बनाउदै महिलाहरुले डिसीमा तीन दिन सम्म फलाहर ,गुलियो मिठाई तथा व्रत बसी भब्यताको साथ छठ पूजा सम्पन्न भएको जानकारी एसोसिएसन अफ नेपालीज इन तराई इन अमेरिकाका डिसी शाखाका अध्यक्ष विजय कुमार सिंहले गराए l

अमेरिकाको अन्य राज्यहरुमा पनि छठ पूजा गरिएको बताउदै यसलाई हरेक बर्ष अझ व्यवस्थित रुपले मनाउने लक्ष्य रहेको सिंहले बताए l अमेरिकामा हरेक साल बढ्दो संख्यामा टाढा टाढा बाट श्रद्धालुहरु छठ पूजामा आउने देखिएको छ l डिसीमा सम्पन्न भएको छठ पूजामा नेपालका बिभिन्न जिल्लाका तथा भारतका विभिन्न राज्यहरुमा यो पर्व मनाउने गरेका श्रद्धालु भक्तजनहरुले पूजामा सहभागी भएका थिए l

प्रतिक्रिया