डिसीमा तीन दिन सम्म भब्य छठ पूजा

इनेप्लिज २०७२ मंसिर ३ गते ०:३६ मा प्रकाशित

DSC02907अमेरिकाको डिसी महानगर क्षेत्र को भर्जिनियाको प्रख्यात शहर स्टर लिङ्ग स्थित पोटोम्याक नदीको किनारमा नेपालबाट अमेरिका आएका तराई मधेसका बिभिन्न जिल्लाहरुका तराई नेपाली समुदायको पहलमा नेपाललाई झझल्को ल्याउने गरि भव्यताको साथ छठ पर्व मनाएका छन् l

पोटोम्याक नदी किनारलाई छठमय बनाउदै महिलाहरुले डिसीमा तीन दिन सम्म फलाहर ,गुलियो मिठाई तथा व्रत बसी भब्यताको साथ छठ पूजा सम्पन्न भएको जानकारी एसोसिएसन अफ नेपालीज इन तराई इन अमेरिकाका डिसी शाखाका अध्यक्ष विजय कुमार सिंहले गराए l

अमेरिकाको अन्य राज्यहरुमा पनि छठ पूजा गरिएको बताउदै यसलाई हरेक बर्ष अझ व्यवस्थित रुपले मनाउने लक्ष्य रहेको सिंहले बताए l अमेरिकामा हरेक साल बढ्दो संख्यामा टाढा टाढा बाट श्रद्धालुहरु छठ पूजामा आउने देखिएको छ l डिसीमा सम्पन्न भएको छठ पूजामा नेपालका बिभिन्न जिल्लाका तथा भारतका विभिन्न राज्यहरुमा यो पर्व मनाउने गरेका श्रद्धालु भक्तजनहरुले पूजामा सहभागी भएका थिए l

chat 4श्रद्धालु भक्तजनहरुलाई छठ पूजामा प्रसाद बितरण गरिएको थियो भने उक्त पूजालाई भब्यता साथ मनाउन डिसी महानगरी क्षेत्रमा बसोबास गर्ने अमेरिकामा बिभिन्न पेसामा रहेका तराई मधेश मूल समुदायको तथा एसोसिएसन अफ नेपालीज इन तराई इन पहलमा गरिएको थियो l

छठ पर्व को लागि नोभेम्बर १७ तारिखमा साँझघाट तथा नोभेम्बर १८ तारिख बिहान घाटमा बिशेष पूजा अर्चना गरिएको थियो l तीन दिन देखी व्रत बसेका व्रतालुहरुले नदीको किनारमा बनाइएको छठघाटमा उदाउदो सुर्यलाई अर्घ अर्पण गरेपछि छठ पर्व सम्पन्न भएको हो l

chat 10डिसी छठ पूजामा ९२ बर्षिय नेपालका सर्बोच्च अदालतका पूर्व न्यायाधिस तथा राज सभा स्थाई समितिका पूर्व सभापति तथा अवकास प्राप्त बबर प्रसाद सिंह को उपस्थिति पनि रहेको थियो l सम्माननीय सिंहले नेपालको काठमाडौँमा उहिले औला ले गन्ने मात्र मानिसले पशुपतिको बागमती नदिमा छठ पर्व मनाउने गर्थे भन्दै सम्झना गराउनु भयो l

chat 1९२ बर्षिय सिंहले अहिले नेपालको पहाड क्षेत्रमा पनि व्यापक छठ पूजा मनाउने गरेकोमा हर्ष व्यक्त गर्नु भयो l र सौभाग्यबस यसपाली अमेरिकाको डिसीमा पनि मनाउन पाउदा नेपाल नै पुगेको बताउनु भयो l छठ पर्वले समुदायका बीचको दुरी र विभेदलाई समाप्त पार्दै भाइचारा र आफन्त्व बढाउने विजय प्रताप सिंहले बताए l छठ पूजामा अहोरात्र खटिएका कृपा शंकर सिंहले हामी जहाँ रहे पनि हाम्रो चाड पर्व लाई हामी छोड्न सक्दैनौ भने l

chat 5 chat 2 IMG_1292 chat 8 chat 7 chat 6 chat 9 chat 11 chat 12 chat 13

प्रतिक्रिया