भारतीय नाकावन्दी विरुद्ध राष्ट्रसंघ कार्यालय अगाडि भव्य प्रर्दशन

इनेप्लिज २०७२ मंसिर २ गते १४:५३ मा प्रकाशित

IMG_4715

नोभेम्वर १७, गैह् आवसिय नेपाली संघ अमेरीका (एन आर एन युएसए) को संयोजनमा विभिन्न संघ संस्था, मिडियाकर्मि लगायत, ठूलो संख्यामा भारतीय नागरीक र अन्य विदेशीहरुको उपस्थितिमा भारतीय नाकावन्दी विरुद्ध न्यूर्योक स्थिति संयुक्त राष्ट्र संघ अगाडि विरोध कार्यक्रम सम्पन्न भएको छ । एनआरएनका अध्यक्ष डा. केशव पौडेलको नेतृत्वमा विरोधी प्लेकार्ड र व्यानर सहितका नेपालीहरुको उल्लेखनिय सहभागीता उक्त अवसरमा थियो ।

IMG_4716

केही दिन अगाडि एन आर एन अमेरिकाका अध्यक्ष डा. केशव पौडेलको संयोजकत्वमा सम्पन्न वैठकले भर्खरै नेपालमा गएको भूकम्प तथा त्यसले उठन नसक्ने गरी थिलथिलो भएको अवस्थामा भारतले गरेको अमानविय नाकावन्दीको विरोध स्वरुप संयुक्त राष्ट्र संघमा ज्ञापनपत्र दिने निर्णय गरेको थियो ।

उक्त निर्णय बमोजिम एनआरएन युएसएका अध्यक्ष डा. केशव पौडेलको नेतृत्वमा एनआरएनए उत्तर अमेरीका संयोजक सोनाम लामा, एनआरएन युएसए पुर्व अध्यक्ष खगेन्द्र जी सी लगायतको नेपाली टोलीले राष्ट्र संघका महासचिव वान्किमुनलाई भेटि नेपालमा जारी भारतीय नाकावन्दी विरुद्धको ज्ञानपनपत्र वुझाउनु भयो । ज्ञापन पत्र वुझाए लगतै डा. पौडेलले उक्त ज्ञापन पत्र सवै माझ पढेर सुनाएका थिए । साथै उनले आगामी २२ तारीखका दिन डि.सि. मा हुने भनिएको विरोध कार्यक्रममा पनि सवै जनाको उपस्थितिको लागी आग्रह गरेका छन ।

आज गरिएको उक्त विरोध कार्यक्रममा करीव ७०० सय जनाको सहभागीता रहेको जनाइएको छ । “नेपालीका लागी नेपाली भन्ने” नाराका साथ विभिन्न तप्काका र तहका व्यक्तिहरु संग सरसल्लाह गरी वनाइएको उक्त ज्ञापनपत्रको सुनुवाई नभएमा पुन अन्य कडा खालका विरोध कार्यक्रमहरु छलफल गरी अगाडि वढाइने जनाइएको छ ।

एन आर एन अमेरिकामा गैह् आवासिय आन्दोलनलाई थप मजवुत र प्रभावकारी वनाउन चाँडो भन्दा चाँडो अगुवा समाजसेवी, विद्दत वर्ग संग सल्लाह का आधारमा सम्पूर्ण राष्ट्रवादी शक्तिहरु संग संगठानात्मक रुपमा अगाडि वढने जनाईएको छ।

नेपालमा गएको भूकम्पको समयमा होस वा टि पि एस को समयमा एन आर एन अमेरिकाले समन्वयकारी एवं सहयोगात्मक भूमिका खेल्दै आएको छ । यसै कुरालाई मध्य नजर गरी हाल भारत द्धारा गरीएको अमानविय नाकावन्दीवाट नेपाली जनतामा परेको दुख दर्दलाई मनन गरी एन आर एन अमेरिकाले आगामी भविष्यमा नाकावन्दी कायमै रहे अरु सशक्त कार्यक्रम मार्फत थप विरोध गर्ने पनि उक्त कार्यक्रम मार्फत जनाइएको छ ।

भारतीय नाकावन्दी विरुद्ध राष्ट्रसंघ कार्यालय अगाडि भव्य प्रर्दशन

प्रतिक्रिया