प्रवासी नेपाली मंच नेदर्ल्यान्द्स् को प्रेस बक्तब्य

इनेप्लिज २०७२ कार्तिक ३० गते ४:३१ मा प्रकाशित

12249814_518143781697008_6524041652025678381_nप्रवासी नेपाली मंच, ( Overseas Nepalese Forum) नेदर्ल्यान्द्स ले हिजो शनिबार नेदर्ल्यान्द्स को आम्स्टर्डम मा नेकपा एमाले स्थायी कमिटी सदस्य क. किरण गुरुङ को प्रमुख आतिथ्यमा बृहद अन्तर्कृया कार्यक्रम सम्पन्न गरेको छ। साथै एक महिना लामो युरोप भ्रमण् तथा राजनैतिक् भेटघाट्मा रहनु भएका अतिथी क. किरण गुरुङ लाई यस मंच ले खादा ओढाइ हार्दिक स्वागत तथा अभिनन्दन समेत गरेको थियो ।

नयाँ नेपाल को संबिधान निर्माण र जारी पश्चात नेपाल मा उत्पन्न राष्ट्रिय समस्या , मधेश आन्दोलन तथा भारतीय नाकाबन्दी लगायत नेपाली ले भोग्नु परेका समस्या का बारेमा सरकार तथा नेकपा एमाले को भूमिका बिषयमा अतिथी कमरेड किरण गुरुङ सँग को भेटघाट तथा अन्तर्कृया मार्फत यहाँ स्थित नेपाली हरुले जान्न पाउनु लाई प्रवासी मंच नेदर्ल्यान्द्स ले एक सु – अवसर को रुपमा लिदै आभार ब्यक्त गरेको छ। महा भुकम्पले आक्रान्त नेपाली हरु लाई पुन: भारतीय नाकाबन्दी ले एक सुत्रमा बांध्ने अवसर मिलेको र नेपाली हरु लाई आत्म निर्भर हुने बैकल्पिक उर्जा मिलेको भन्दै ब्रिटिश साम्राज्य सँग पनि नहारेका नेपाली हरु भारतीय नाकाबन्दी सामु कहिल्यै नझुक्ने र अन्तिम अवस्था सम्म लड्ने शक्ती नेपाली सँग भएको कुराको अतिथी क. किरण गुरुङ ले प्रस्ट पार्नु भएको थियो। वहाले भारतीय नाकाबन्दीका विरुद्ध प्रवासबाट पनि सबै जुटेर लाग्न जरुरी रहेको बताउनुभयो। हाल जारी मधेश आन्दोलन मधेशी हक हित का निम्ती नभै केही मुठ्ठी भर मधेशी नेता हरु निहित स्वार्थ का निम्ती भएकाले यस बाट निकास पाउन नेकपा एमाले तथा सरकार ले आवश्यक पहल गरिरहेको र अब छिट्टै पुरा हुने पनि उहा ले प्रस्ट पार्नु भयो। साथै यसका निम्ती नेपाली जनताको राष्ट्रिय एकता को खांचो रहेको र यसलाई नेपाली जनता ले स्वस्फुर्त रुपमा साथ दिएको कुरामा दुई मत नभएको कुरा को उंहाले प्रकाश पार्नु भएको थियो।

कार्यक्रम प्रवासी नेपाली मंच नेदर्ल्यान्द्स क अध्यक्ष क. टिकाराम सापकोटा को अध्यक्षतामा संचालन भएको थियो भने गैर आवासीय नेपाली संघ का केन्द्रिय सचिव अर्जुन कुमार श्रेष्ठ, गैर आवासीय नेपाली संघ,नेदरल्याण्डका कार्यवाहक अध्यक्ष केशवराज पाण्डे, प्रवासी नेपाली मञ्च बेल्जियमका अध्यक्ष अर्जुन कुमार गुरुङको पनि यस कार्यक्रम मा उपस्थिती रहेको थियो । उक्त अवसरमा लामो समय देखि नेदरल्याण्डमा बसोबास गर्दै आउनु भएका सफल व्यवसायी तथा समाजसेवी खेम सापकोटालाई प्रमुख अतिथी तथा नेकपा एमालेका स्थायी कमिटि सदस्य क. किरण गुरुङले रातो टिका सहित खादा ओढाई नेकपा एमालेमा प्रवेश गराउनु भएको थियो।

हेम कुमार ,
महा सचिव
प्रवासी नेपाली मंच, नेदर्ल्यान्द्स

प्रतिक्रिया