एनआरएन विवादमा, घलेले आफ्नै श्रीमती जमुना र ससुराली त्रिलोक गुरुङलाई मनोनित गरे आइसीसीमा

इनेप्लिज २०७२ कार्तिक २९ गते २३:१३ मा प्रकाशित

nrn-logo

लस-एन्जलस, ३० कात्तिक । गैर आवासिय नेपाली संघ (एनआरएन)को गत महिना काठमाडौँमा सम्पन्न सातौ वार्षिक साधारण सभामा महासचिब पदमा सर्मनाक पराजय ब्यहोरेकी रन्जु थापालाई यस अघिको बैठकमा प्रवक्ता, कोषाध्यक्ष पदमा सर्मनाक पराजय व्यहोरेका ससुराली त्रिलोक गुरुङलाई सल्लाहकार र आफ्नै श्रीमती जमुना गुरुङ सहित अन्य पराजितहरुलाई अन्तराष्ट्रिय समन्वय परिषद सदश्यमा ल्याउने प्रस्ताव गरे पछि संघको दोस्रो बैठक र अध्यक्ष शेष घले बिबादमा परेका छन् । शुक्रबार निर्धारित बैठक संघका उपाध्यक्ष भवन भट्ट र कोषाध्यक्ष हिक्मत थापा अनुपस्थित रहने सूचनालाई आधार बनाएर शनिबार सारिएको थियो । बैठकमा सहभागी एक सदस्यले दिएको जानकारी अनुसार महासचिवले प्रस्ताव ल्याउने परम्परा तोडेर अध्यक्ष घलेले आफ्नै श्रीमती जमुना गुरुङ सहित अन्य पराजितहरुलाई अन्तराष्ट्रिय समन्वय परिषद सदश्यमा ल्याउने प्रस्ताव पढेर सुनाए पछि बैठकमा होहल्ला र विवाद भएको थियो । बिबादका बीच बैठकले विधान विपरित आईसीसीका विभिन्न पदमा मनोनयन गरेको छ । कन्फरेन्स कल बैठकमा विवाद उत्पन्न भएपछि अध्यक्ष घलेले प्रस्ताव गरेको नाम जर्बजस्ती पढेर सुनाउदै बैठक सम्पन्न भएको घोषणा गरेका थिए । आइसीसी सदस्यमा आफ्नै श्रीमति जमुना गुरुङको नाम समेत प्रस्ताव गरेपछि बैठक विवादित बनेको थियो । बिबादित बैठकले सल्लाहाकारमा, डा. हेमराज शर्मा, विश्वआदर्श पण्डित, त्रिलोक गुरुङ, विश्वकान्त मैनाली, लोकभक्त राना, पुष्प थापा, कनैयालाल श्रेष्ठ, दिपक खड्कालाई मनोनयन गरेको छ । सल्लाहकार मनोनयन गरिएका त्रिलोक गुरुङ कोषाध्यक्ष पदमा सर्मनाक पराजय व्यहोरेका घलेका ससुराली पट्टिका नातेदार हुन् । यस्तै प्रमुख संरक्षकमा जीवा लामिछानेको नाम भने सर्वसम्मतिले पारित गरेको छ । यसैगरी संरक्षकमा कुलचन्द्र गौतम, दिल गुरुङ, इन्द्र बन, देवकाजी डंगोलको नाम मनोनयन गरेको छ । बिधान बिपरित पढेर सुनाइएको नामहरुमा आइसीसी सदस्यहरु सोम सापकोटा, जानकी गुरुङ, योगन क्षेत्री, जयप्रकाश गुरुङ, नविन शेरचन, एस मिन (मध्यपूर्व), सोमराय क्षेत्री, सुनिता शर्मा, खगेन्द्र जिशी, भुषण घिमिरे, भुमा लिम्बुको नाम रहेको छ । जिसी उपाध्यक्षमा र लिम्बू क्षेत्रीय संयोजकमा पराजित उम्मेदवार हुन् । विधानतः आईसीसी पदाधिकारीमा पराजित उम्मेदवारीलाई आइसीसी पदाधिकारी मनोनित गर्न नपाइने ब्यबस्था छ । बैठकमा सहभागी एक सदस्यका अनुसार आफ्नै श्रीमति जमुना गुरुङको नाम अघि सारेका घले बैठकमा आक्रोशित तबरले प्रस्तुत भएको र सबै प्रस्ताव आफैंले पढेर सुनाएको कारण बैठकमा होहल्ला र विवाद भएको सहभागी सदस्यले जानकारी दिए । जमुना गुरुङ अध्यक्ष घलेकी श्रीमति हुन् । आइसीसी सदस्य विधान विपरीत प्रस्ताव गरिएकोले बैठकले पास नगरेको महासचिव केसीले जानकारी दिए । बैठकमा अध्यक्ष घले बिधान बिपरित प्रस्तुत भएको भन्दै बैठकमा सहभागी पदाधीकारीले उनको चर्को आलोचना गरेका थिए ।

प्रतिक्रिया