नेपालको पारबहन हक सुनिस्चित गर्न राष्ट्रसंघिय मूख्यालयको ध्यान आकृष्ट गर्दैछौ: अध्यक्ष पौडेल

इनेप्लिज २०७२ कार्तिक २९ गते १३:५० मा प्रकाशित

Paudelलस-एन्जलस, २९ कात्तिक । गैर आवाशीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएन) अमेरिकाले मातृभूमि नेपाल माथि मित्रराष्ट्र भारतद्वारा लगाएको अघोषित नाकाबन्दी बिरुद्ध राष्ट्रसंघिय मुख्यालय न्यूयोर्कमा नेपाली समुदाय केन्द्रित संघ संस्थाहरुको नेतृत्व गर्दै बिरोध प्रदर्शन आयोजना गरी नेपालको पारबहन हकको लागि महासचिब वानकी मुनको ध्यान आकृष्ट गर्ने भएको छ । संघले मित्रराष्ट्र भारतद्वारा लगाएको अघोषित नाकाबन्दीका कारण असहज बन्दै गएको मातृभूमिको जनजिवन सहज बनाउन र नेपालको पारबहन हक सुनिस्चित गराउन अन्तराष्ट्रिय समुदायको ध्यान आकृष्ट गर्न राष्ट्रसंघिय मुख्यालय न्यूयोर्कमा नेपाली समुदाय केन्द्रित संघ संस्थाहरुको नेतृत्व गर्दै बिरोध प्रदर्शन आयोजना गर्न लागेको हो । संघले आगामी १७ नोभेम्बरका दिन राष्ट्रसंघिय मुख्यालय न्यूयोर्कमा नेपाली समुदाय केन्द्रित संघ संस्थाहरुको नेतृत्व गर्दै बिरोध प्रदर्शन र महासचिब वानकी मुनलाई नेपालको पारबहन अधिकार सुनिस्चित गर्न ज्ञापन पत्र बुझाउने भएको छ भने आगामी २२ नोभेम्बरका दिन डिसी महानगर मेट्रो क्षेत्रमा आयोजना हुने नेपाली अमेरिकनहरुको सम्पूर्ण संघ संस्थाहरुको सामुहिक बिरोध प्रदर्शनमा समेत सहभागिता जनाउने तयारी गरेको संघका अध्यक्ष पौडेलले जानकारी दिएका छन् । अध्यक्ष पौडेलले दिएको जानकारी अनुसार गत अप्रिलमा गएको शक्तिशाली भूकम्पले तहस नहस बनेको नेपाल मित्रराष्ट्र भारतद्वारा लगाएको अघोषित नाकाबन्दीले थप जटिल बन्दै गएकोले अमेरिकामा बस्ने नेपालीको ध्यान त्यस तर्फ आकृष्ट भएको हुँदा संघ मातृभूमिको पारबहन हकको पक्षमा अन्तराष्ट्रिय समुदायको ध्यान आकृष्ट गर्न र अन्तराष्ट्रिय जनमत तयार गर्न संघको नेतृत्वमा राष्ट्रसंघिय मुख्यालय न्यूयोर्कमा बिरोध प्रदर्शन आयोजना गर्ने तयारीमा जुटेको हो । अध्यक्ष पौडेलले मातृभूमिको यो असहज परिस्थितिमा सम्पूर्ण नेपाली अमेरिकनलाई बिरोध प्रदर्शनमा सहभागी भएर एकबद्धता जनाउन आग्रह समेत गरेका छन् । बिरोध प्रदर्शनलाई सार्थक र संयमित बनाउन पौडेलको अध्यक्षतामा बसेको संघको कन्फ्रेन्स कल बैठकले संघको नेतृत्वमा संयुक्त राष्ट्रसंघ, ईन्डियन मिसन र अन्तर्राष्ट्रीय निकायहरूलाई ज्ञापन पत्र दिने निर्णय समेत गरेको छ ।

पौडेलले दिएको जानकारी अनुसार वैठकले विगत लामो समय देखि भारतले नेपाल प्रति गर्दै आएको हेपाहा प्रबृत्ति बिरुद्ध संघले आगामी १७ नोभेम्बरका दिन राष्ट्रसंघिय मूख्यालय न्यूयोर्कमा नेपाली समुदाय केन्द्रित संघ संस्थाहरुको नेतृत्व गर्दै बिरोध प्रदर्शन गरी महासचिब वानकी मुनलाई नेपालको पारबहन हक सुनिस्चित गर्न ज्ञापन पत्र बुझाउने भएको बुझाउने भएको हुँदा अमेरिकामा रहेका नेपाली मूलका सम्पूर्ण संघ संस्थाका प्रतिनिधिहरू तथा नेपाल र नेपालीलाई माया गर्ने सबैलाई उपस्थित भइदिन अनुरोध समेत गरेको छ । त्यस्तै संघले आगामी नोभेम्बर २२ तारिखका दिन महानगर डिसी मेट्रो एरीयामा आयोजना गरीने सर्व पक्षिय विरोध कार्यक्रम भव्यताका साथ सफल बनाउन सम्पुर्ण नेपाली अमेरिकनलाई सहभागिताको लागि हार्दिक अनुरोध गरेको छ । बैठकले अमेरिकामा गैर आवाशीय नेपाली अभियानलाई थप मजबुत र प्रभावकारी बनाउन चाँडो भन्दा चाँडो नेपाली अमेरिकनहरुसंग अन्तरक्रिया गरी एनआरएनले समुदायको हितमा नीति र कार्यक्रम तय गर्ने र तत्काल मातृभूमि नेपालको अघोषित नाका नखुलेसम्म अमेरिकामा रहेका सम्पूर्ण राष्ट्रवादि शक्तिलाई एकतृत गर्दै अघि वढने निर्णय गरेको छ । संघले अमेरिकामा रहेका नेपाली समुदायको हितमा काम गर्ने भिन्न भिन्न उदेश्यमा क्रियाशील संघ संस्थाहरुसँग समेत गैर आवासीय अभियान र यसको प्रभावकारिता र संघको नेतृत्वमा गरिने बिरोध प्रदर्शनका बारेमा सामूहिक छलफल गरेको छ । बैठक पछि संघद्वारा जारी गरिएको बिज्ञप्तिमा भनिएको छ, ‘मातृभूमि नेपालमा गएको प्रलयकारी भुकम्प लगत्तै संघको तर्फबाट अति प्रभावित क्षेत्रमा गरिएको राहत वितरण र स्वास्थ्य परिक्षण अभियानको समिक्षा गर्दै मातृभूमि पुनर्निर्माणको अभियानमा अन्तराष्ट्रिय समन्वय परिषद मार्फत नेपाल सरकारसंग हातेमालो गरेको एनआरएनले पुन: अघोषित नाकाबन्दीबाट आम नेपालीले भोगेको दुखमा संसारका एनआरएनका प्रतिनिधिहरू दशैंको पूर्वसन्ध्यामा काठमाडौंमा आयोजना भएको एनआरएनको विश्व शिखर सम्मेलनलमा आफैं सरिक भएर दुखको महसूस गरेको स्मरण गराउन चाहन्छ ।’ बिज्ञप्तिमा अगाडी भनिएको छ, ‘मातृभूमि नेपालमा गएको प्रलयकारी भुकम्पबाट प्रभावित नेपाली अमेरिकनको हितमा संचालित टेम्प्रोररी प्रोटेक्टेड स्टाटस (टिपीएस) हस्ताक्षर अभियानमा सहयोग पुर्याउने संघ संस्थालाई धन्यबाद ज्ञापन गर्दै हाल नेपाललाई मित्रराष्ट्र भारतले लगाएको अघोषित नाकाबन्दी बिरूद्ध पनि सम्पूर्ण नेपाली अमेरिकनसंग सहकार्य गरी मातृभूमिको पारबहन हकको पक्षमा जनमत निर्माण गर्न निरन्तर क्रियाशील रहने छ ।’

प्रतिक्रिया