डिसीमा म्हः पूजा भव्यताको साथ सम्पन्न

इनेप्लिज २०७२ कार्तिक २८ गते २२:३२ मा प्रकाशित

4

डिसी महानगर क्षेत्रको म्यारिल्याण्डमा सन् २००१ मा स्थापना भएको नेवा: अर्गनाइजेशन अफ अमेरिकाले म्हः (आत्म) पूजा भब्यताको साथ सम्पन्न गरेको छ l नेवारी भाषामा म्हःको अर्थ शरीर भएकोले म्हः पूजालाई शरीर पूजा पनि भनिन्छ । म्हः पूजा अर्थात् स्वयम् पूजा गर्ने प्रथा नेवारी समुदायको ठुलो पर्व हो ।

स्थापना काल देखि नै नेवारी कला ,संस्कृति ,भाषा तथा परम्परालाई जगेर्ना गर्ने र भावी पुस्तालाई यस बारे जानकारी गराउने संस्थाको मुख्य उदेस्य रहेको अध्यक्ष राम लाल श्रेष्ठले बताए l यस पुजाको लागि १ सय १५ भन्दा ज्यादा समुदायका सदस्यहरुले सहभागी रहेको बताउदै अध्यक्ष श्रेष्ठले सबैलाई स्वागत गर्दै धन्यवाद दिएका थिए l

3

यो समेत गरेर संस्थाले १० औ बार्षिक म्ह पूजा गर्न सफल भएको छ भने कार्यक्रम नेवाः अर्गनाईजेसन अफ अमेरिका भाषा केन्द्रले आयोजना गरेको थियो l

गत बिहिबार सम्पन्न म्ह पूजा अमेरिका भर रहेका यस्का शाखाले पनि म्ह पूजा गरेका थिए l कार्यक्रममा नेपाली दुताबासका चार्ज दे एफेयर्स ऋषि राम घिमिरेले नेवा: अर्गनाइजेशन अफ अमेरिकाले परदेशमा पनि नेवाः संस्कृति र परम्परालाई जगेर्ना गर्न अहम भूमिका गरेकोमा प्रसंसा गर्नु भएको थियो l यसको साथै घिमिरेले संस्थाको प्रगतिको कामना गर्नु भएको थियो

6 l h 10

प्रतिक्रिया