एमाओवादीद्वारा जिल्लाका चार नेता निष्कासन

इनेप्लिज २०७२ कार्तिक २६ गते २:०३ मा प्रकाशित

रत्ननगर (चितवन), २६ कात्तिक । हालै पार्टीबाट अलग भएर नयाँ शक्ति निर्माणमा लाग्नुभएका एनेकपा(माओवादी)का पूर्व वरिष्ठ नेता डा बाबुराम भट्टराईको पक्षमा लागेको भन्दै एमाओवादी चितवनले चारजना नेतालाई निष्कासन गरेको छ ।

उनीहरुलाई पार्टी सदस्यता नरहने गरी निष्कासन गरिएको एमाओवादी चितवनका अध्यक्ष यमबहादुर परियारले जानकारी दिनुभयो ।

उहाँका अनुसार यसरी निष्कासित भएकामा जिल्ला सदस्य रमेश रेग्मी अमर, विष्णुहरि तिमिल्सिना, जिल्ला परिषद् सदस्य उमाकान्त चापागार्इं, भरतपुर– ४ का अध्यक्ष कमलप्रसाद चापागार्इं रहेका छन् ।

पार्टीको नीति र निर्देशन विपरीत लागेकाले कारबाही गरिएको परियारले जानकारी दिनुभयो ।

केही दिनअघि भरतपुरमा डा बाबुराम भट्टराई सहभागी कार्यक्रममा उहाँहरु सहभागी हुनुभएको थियो ।

प्रतिक्रिया